नेपाल लाइफलाई उछिन्दै पुनर्बीमा बन्यो तेस्रो ठूलो कम्पनी, यी हुन् सेयर बजारका १० ठूला कम्पनी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सलाई उछिन्दै नेपाल पुनर्बीमा कम्पनी बजार पूँजीकरणका आधारमा फेरि सेयर बजारको तेस्रो ठूलो कम्पनी बनेको छ ।

 

पछिल्लो दुईसातामा पुनर्बीमाको सेयर मूल्य प्रतिकित्ता २०० रुपैयाँले बढेसँगै पूँजीकरणका आधारमा नेपाल लाइफलाई पछि पारेको हो । अघिल्लो साता प्रतिकित्ता १४५० रुपैयाँ रहेको पुनर्बीमाको सेयर मूल्य यससाता बढेर १६५० रुपैयाँ पुगेको छ ।

 

नेप्सेका अनुसार यस साता पुनर्बीमाको बजार पूँजीकरण १ खर्ब ६५अर्ब ३० करोड रुपैयाँ छ । यो चौथो स्थानमा झरेको नेपाल लाइफको भन्दा करिब १३ अर्ब रुपैयाँले बढी हो । नेपाल लाइफको बजार पूँजीकरण १ खर्ब ५२ अर्ब ४३ करोड रुपैयाँ छ ।

नेप्सेका अनुसार सेयर बजार पूँजीकरणका आधारमा नेपाल टेलिकम सबैभन्दा ठूलो कम्पनीको रुपमा रहेको छ । टेलिकमको बजार पूँजीकरण २ खर्ब ९ अर्ब रुपैयाँ छ ।

 

यस्तै, नबिल बैंक १ खर्ब ७५ अर्ब पूँजीकरणसहित दोस्रो ठूलो कम्पनीको रुपमा रहेको छ । बजार पूँजीकरणकै आधारमा नागरिक लगानी कोष १ खर्ब २३ अर्ब सहित पाँचौं ठूलो कम्पनी बनेको छ भने नेपाल इन्फ्रास्टक्चर बैंक १ खर्ब ७ अर्बसहित छैटौं स्थानमा रहेको छ ।

 

यस्तै, एनआइसी एशिया बैंक १ खर्ब ४ अर्ब करोड, ग्लोबल आइएमई बैंक ९५ अर्ब, अपर तामाकोशी ८६ अर्ब र नेपाल इन्भेष्टमेन्ट बैंक ७४ करोड रुपैयाँ पूँजीकरणसहित क्रमशः शीर्ष दशमा रहेका छन् ।

 

नेप्सेका अनुसार सूचीकृत कम्पनीहरुको कुल बजार पूँजीकरण ३८ खर्ब ६७ अर्ब रुपैयाँ रहेको छ । यो देशको कुल जीडीपीभन्दा पनि बढी हो ।

थप सिमेन्ट उद्योग खोल्न दिनुपर्ने राष्ट्र बैंकको निष्कर्ष Read Previous

थप सिमेन्ट उद्योग खोल्न दिनुपर्ने राष्ट्र बैंकको निष्कर्ष

अक्सिजन प्लान्ट बनाउन १३ अस्पताललाई अर्थले दियो १८ करोड, कुनले कति पाए ? Read Next

अक्सिजन प्लान्ट बनाउन १३ अस्पताललाई अर्थले दियो १८ करोड, कुनले कति पाए ?