काठमाडौं । जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजले कोरोना माहामारीको सामना गर्न २ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
इण्डष्ट्रिजले सामुदायिक अस्पतालको स्वास्थ्य सेवालाई विस्तार गर्न तथा देशका विभिन्न प्रदेशमा स्थानीय संस्थाको अग्रसरतामा कोभिड १९ प्रभावित लक्षित समूहलाई उक्त रकम बराबरको स्वास्थ्य सामग्री गरेको हो ।
इण्डष्ट्रिज कोरोनाको रोकथाम तथा उपचारका लागि आवश्यक पर्ने अक्सिजन, भेन्टिलेटर, आइसीयू लगायत अन्य स्वास्थ्य सामाग्री खरिदका लागि २ करोड अनुदान प्रदान गरेको हो ।
इण्डष्ट्रिजले अक्सिजन प्लान्ट र आइसीयू विस्तारका लागि धुलिखेल अस्पताललाई १ करोड ३५ लाख, विभिन्न प्रदेशहरुमा सामुदायिक समूहको प्रयासका लागि ७५ लाख सहयोग गरेको छ ।
यसैैगरी, नेपाल भेन्टिलेटर सर्भिसलाई भेन्टिलेटर खरिद गर्न, पर्सामा अस्थायी कोभिड अस्पताल संचालनको लागि, ललितपुरका रोटरी क्लबहरु मार्फत संचालित आईसोलेसन सेन्टरका लागि उपकरण र सामाग्री खरिदका लागि पनि सहयोग गरेको छ ।
जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजलेका अध्यक्ष विजयकुमार शाहले समुदायलाई आवश्यक परेको बेला सहयोग गर्ने कुरा मानव धर्म रहेकोमा विश्वास गरे । यी बाहेक पनि उनले आफ्नो ब्यक्तिगत क्षमतामा खाँचो परेका र वञ्चित समुदायलाई वर्षेनी लाखौं रुपैया सहयोग गर्दै आएका छन् । शाह नेपालको सबैभन्दा बढी कर तिर्ने व्यक्तिगत करदाता पनि हुन् ।