कोभिड विरुद्ध लड्न अष्ट्रेलियाले नेपाललाई ६३ करोड दिने

काठमाडौं । अष्ट्रेलियाले कोभिड-१९ विरुद्धको प्रतिकार्यका लागि नेपाल सरकारलाई ६३ करोड ५० लाख रुपैयाँ (७ मिलियन अष्ट्रेलियन डलर) उपलब्ध गराउने भएको छ ।

 

अत्यावश्यक उपकरण अक्सिजनसहितका स्वास्थ्य सामग्री खरिद तथा प्रादेशिक अस्पताल र त्यहाँ कार्यरत स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा उपकरण खरिद गर्न उक्त रकम प्रदान गरिएको यहाँस्थित अष्ट्रेलियाली राजदूतावासले जनाएको छ ।

 

नेपालका स्थानीय तहमा आम नेपालीका बीच कार्यरत अमेरिकी, बेलायती, जापानी र राष्ट्रसङ्घीय निकायमार्फत सहायता परिचालन गरिने उक्त दूतवासले बताएकोछ ।

साढे ६४ करोडको आइपीओ ल्याउन लागेको युनियन लाइफले पायो यस्तो रेटिङ Read Previous

साढे ६४ करोडको आइपीओ ल्याउन लागेको युनियन लाइफले पायो यस्तो रेटिङ

शीघ्र जाँचपास कार्यविधि लागू, अब यी २१ वस्तु आयात गर्दा भन्सारमा अलमल नहुने Read Next

शीघ्र जाँचपास कार्यविधि लागू, अब यी २१ वस्तु आयात गर्दा भन्सारमा अलमल नहुने