साढे ६४ करोडको आइपीओ ल्याउन लागेको युनियन लाइफले पायो यस्तो रेटिङ

काठमाडौं । निकट भविष्यमै साढे ६४ करोड प्राथमिक साधरण सेयर (आइपीओ) ल्याउन लागेको युनियन लाइफ इन्सुरेन्सले रेटिङ सम्पन्न गराएको छ ।

 

कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी-आइआर ट्रिपल बी (बीबीबी’ रेटिङ) दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था र वित्तीय दायित्व बहन गर्ने क्षमता औसतमा मध्यम जोखिम रहेको भन्ने जनाउँछ ।

 

बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी पुर्याउन कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गर्ने तयारी गरेको छ ।

 

हाल यस इन्सुरेन्सको चुक्ता पूँजी १ अर्ब ५० करोड ५० लाख रुपैयाँ रहेको छ । कम्पनीले आइपीओ निष्काशन गर्ने प्रस्ताव साधरण सभाबाट पारित गरे पनि अहिलेसम्म अनुमतिका लागि धितोपत्र बोर्डमा आवेदन भने दिएको छैन ।

 

कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा ८ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

सार्वजनिक खरिद प्रक्रिया अघि बढाइएकोमा महासङ्घको विरोध Read Previous

सार्वजनिक खरिद प्रक्रिया अघि बढाइएकोमा महासङ्घको विरोध

कोभिड विरुद्ध लड्न अष्ट्रेलियाले नेपाललाई ६३ करोड दिने Read Next

कोभिड विरुद्ध लड्न अष्ट्रेलियाले नेपाललाई ६३ करोड दिने