टेलिकमको नाफा ७ अर्बले घट्यो

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकमले गत आर्थिक वर्षमा १० अर्ब २० करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको तुलनामा ४१.६१% ले कमी हो । गत वर्ष टेलिकमले १७ अर्ब ४८ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

 

गत वर्ष सेवा बिक्रीबाट ३९ अर्ब २ करोड ३२ लाख रुपैयाँ आम्दानी गरेकामा यसपटक त्यो खुम्चिएर ३६ अर्ब ७८ करोड ४८ लाख ७४ हजार रुपैयाँमा आइपुगेको छ ।

 

१५ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको टेलिकमको रिजर्भ कोष भने झन् बलियो बन्दै गएको छ । टेलिकमको रिजर्भ कोषमा ८६ अर्ब ७३ करोड १७ लाख रुपैयाँ रहेको छ।

 

टेलिकमको प्रतिसेयर आम्दानीमा भने ४८.५१ रुपैयाँले घटेर ६८.०५ रुपैयाँमा आइपुगेको छ । यसको अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी ११६.५६ रुपैयाँ थियो । प्रतिसेयर नेटवर्थ ६७८.२१ रुपैयाँ रहेको छ ।

ज्योति विकास बैंक र साम्सरा रेमिटबीच सम्झौता Read Previous

ज्योति विकास बैंक र साम्सरा रेमिटबीच सम्झौता

भैरहवा सेजः तीन उद्योग संचालनमा ल्याउने तयारी, बढ्ला निर्यात Read Next

भैरहवा सेजः तीन उद्योग संचालनमा ल्याउने तयारी, बढ्ला निर्यात