भैरहवा सेजः तीन उद्योग संचालनमा ल्याउने तयारी, बढ्ला निर्यात

काठमाडौं । भैरहवा सेजमा तीन उद्योगले भाैतिक पूर्वाधार निर्माणगरि उद्योग संचालनकाे तयारी गरेका छन् । याट प्लाइड, ब्रलोन्ट लाइट तथा पञ्चकन्या ग्रुपले उद्योगको भौतिक संरचना निर्माण गरिरहेका हुन् । राजेन्द्र गुप्ताले खेर गइरहेको आल्मुनियमहरुको टुक्रा पगालि भारत निर्यात गर्ने गरी उत्पादन थाल्न लागेको पनि थापाले जानकारी दिए । सेज भित्र पञ्चकन्या ग्रुपले पाइप, ट्याङ्की तथा फलामजन्य उत्पादन गर्नेछ ।

 

अर्काे स्टिलका भाँडा बनाउने उद्योग पनि चाँडै सेजमा सञ्चालन आउन लागेको सेज स्राेतले जानकारी दिएकाे  छ । भैरहवा सेज पूर्ण सञ्चालनमा आउँदा करिब ५ हजार जनाले रोजगारी पाउने छन् ।

 

निर्यात र आयातबीच अत्यन्तै ठूलो खाडल परेपछि निर्यात व्यापारलाई बढोत्तरी गर्न नेपाल सरकारले विशेष अर्थिक क्षेत्र (सेज) स्थापना गरेको हाे । सरकारले वि.सं. २०७३ मा विशेष आर्थिक क्षेत्र सम्बन्धि ऐन ल्याएर यसको विकासमा जाेड दिएकाे भएपिन अहिलेसम्म पनि विविध कारणले त्यहाँ  उद्योग संचालनमा भएकाे छैन ।

 

सेजमा स्थापना भएका उद्योगले कम्तिमा ६० प्रतिशत निर्यात गर्नै पर्ने व्यवस्था कानुनमा नै उल्लेख गरिएको छ । सेज विशेषत निर्यातजन्य उद्योगको प्रवर्द्धन गर्नका लागि स्थापना गरिएको हो । तर, यसको विकासको गति भने निर्यात व्यापार जस्तै धिमा छ । २०७३ मा विशेष आर्थिक क्षेत्रसम्बन्धी ल्याइएको ऐन त्यति चित्तबुझ्दो नभएको जानकारहरु बताउँछन् ।

 

अहिले ११ केभीको प्रसारण लाइन सञ्चालनमा छ । कम भोल्टेजको प्रसारण लाइन भएकोले सबै उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आउना साथ भार थेग्न नसक्ने देखिन्छ ।

 

विशेष आर्थिक क्षेत्रको अवधारणा सन् १९४७ मा प्युर्टोरिकोबाट सुरु भएको मानिन्छ । त्यसपछि आयरल्याण्ड, ताइवान र चीन जस्ता देशमा विकास हुन थाले । भारतले भने सन् २००५ मा ऐन ल्याएर सेजको विकास गरेको हो ।

 

अनेत्र सेजमा उद्योग सञ्चालन गर्दा सबै खालका सुविधा प्रदान गर्ने गरिएको छ । औषधालय, चिकित्सालय, हुलाक, बैकिङ्ग सेवा, शिशु स्याहार केन्द्र, विद्यालय तथा चमेनागृह जस्ता संरचना समेत निर्माण गरिएको छ ।

 

विशेष आर्थिक क्षेत्रको स्थापना गरेर निर्यात व्यापार वृद्धि गरेको उदाहरण हाम्रा छिमेकी चीन र भारतबाट लिन सकिन्छ ।

 

विशेष आर्थिक क्षेत्रको अवधारणा सन् १९४७ मा प्युर्टोरिकोबाट सुरु भएको मानिन्छ । त्यसपछि आयरल्याण्ड, ताइवान र चीन जस्ता देशमा विकास हुन थाले । भारतले भने सन् २००५ मा ऐन ल्याएर सेजको विकास गरेको हो ।

 

५२ बिगाहामा यो सेज फैलिएको छ । ‘हालसम्म २२ वटा उद्योगहरुसँग यो क्षेत्रमा उद्योग सञ्चालनका लागि सम्झौता गरेको जानकारी विशेष आर्थिक क्षेत्र प्राधिकरणका सूचना अधिकारी सुन्दर थापाले दिए ।

 

हिमाली र नेपाल सरकारले तोकेको पहाडी जिल्लामा रहेको विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगहरुलाई १० वर्षसम्म आयकरमा शत प्रतिशत छुट र त्यसपछिका वर्षहरुमा ५० प्रतिशत आयकर छुटको व्यवस्था पनि गरेको छ । भने अन्य क्षेत्रमा स्थापना गर्दा ५ वर्षसम्मलाई यस्तो सुविधा प्रदान गरेको छ ।

सरकारले ‘पाइटल प्रोजेक्ट’को रुपमा भैरहवा विशेष आर्थिक क्षेत्रलाई लिइएको छ । ५२ बिगाहामा यो सेज फैलिएको छ । ‘हालसम्म २२ वटा उद्योगहरुसँग यो क्षेत्रमा उद्योग सञ्चालनका लागि सम्झौता गरेको जानकारी विशेष आर्थिक क्षेत्र प्राधिकरणका सूचना अधिकारी सुन्दर थापाले दिए ।

 

सरकारले ऐन संशोधन गरी एक वर्षसम्म आफ्ना उत्पादनहरु नेपाल भित्र नै बेच्न पाउने व्यवस्था गरेको छ । सेजमा स्थापना हुने उद्योगहरुले प्रति वर्ग मिटर २० रुपैयाँ भाडा बापत् नेपाल सरकारलाई तिर्नुपर्छ ।

 

सरकारले ऐन संशोधन गरी एक वर्षसम्म सेजमा भएका उत्पादन आफ्ना उत्पादनहरु नेपाल भित्र नै बेच्न पाउने व्यवस्था गरेको छ । सेजमा स्थापना हुने उद्योगहरुले प्रति वर्ग मिटर २० रुपैयाँ भाडा बापत् नेपाल सरकारलाई तिर्नुपर्छ ।

प्राधिकरणका सूचना अधिकारी सुन्दर थापाका अनुसार ‘भैरहवा आर्थिक क्षेत्र भित्र विभिन्न क्षेत्रफलमा प्लटहरु छन् । सानोमा १४ सय वर्गमिटर देखि ३७ सय वर्ग मिटरसम्म छन्  । भैरहवा आर्थिक क्षेत्रमा सञ्चालन लागि सम्झौता गरेर पनि १ वर्षसम्म उद्योग सञ्चालन नगर्ने उद्योगीसँग सम्झौता तोडिएकोे जानकारी थापा दिए ।

 

थापाका अनुसार ती उद्योगहरुमा रोहित गुप्ताको स्टिल उद्योग, सिद्धार्थ ग्रुपले तथा शुभम नानो हर्बल रहेका छन् । केही उद्योगहरुले भने उत्पादन थालिसकेका छन् । शक्ति मिनिरल्स प्रालिले उत्पादन गरिरहेको छ । ‘डोलामान्इट’ उत्पादन गर्ने उक्त उद्योगले प्राधिकारणबाट ५ हजार मेट्रिकन टन उत्पादनको सिफारिस पत्र लगिसकोको कुरा थापाले बताए ।

 

नेपाली उद्योगको विकास तथा स्वदेशी कच्चा पदार्थको प्रयोग हुने एउटा आधारशिलाको रुपमा सेजलाई विकास गर्न सके रोजगारी र लगानी गर्ने वातावरण देखिन्छ ।

 

सेज भित्र आवश्यक पर्ने विद्युतको लागि थप ३३ केभीको प्रसारण लाइन निर्माण र सवस्टेशनको लागि यसै आर्थिक वर्ष भित्र टेन्डर खुलाउन लागेको थापाले जानकारी दिए ।

 

विशेष आर्थिक क्षेत्रमा राज्यले दिने कर छुट, औद्योगिक सुरक्षा, उद्योगमैत्री कानुन, बजारको पहुँच, यातायात जस्ता सुविधाका कारण उद्योगको उत्पादकत्व बढ्ने हुँदा उद्योगीहरुको नाफा समेत वृद्धि हुने देखिन्छ ।

 

अहिले ११ केभीको प्रसारण लाइन सञ्चालनमा छ । कम भोल्टेजको प्रसारण लाइन भएकोले सबै उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आउना साथ भार थेग्न नसक्ने देखिन्छ ।

 

विद्युतको महशूल भने नेपाल विद्युत प्राधिकरणले तोकेको मूल्यमा नै तिर्नु पर्नेछ । सरकारले त्यस क्षेत्रमा सञ्चालनमा आएको उद्योगको करमा भने छुटको व्यवस्था गरेको छ । पहिलो वर्षमा ५० प्रतिशत छुट, दोस्रो वर्षमा ४० प्रतिशत र तेस्रो वर्षमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

 

विशेष आर्थिक क्षेत्रमा राज्यले दिने कर छुट, औद्योगिक सुरक्षा, उद्योगमैत्री कानुन, बजारको पहुँच, यातायात जस्ता सुविधाका कारण उद्योगको उत्पादकत्व बढ्ने हुँदा उद्योगीहरुको नाफा समेत वृद्धि हुने देखिन्छ ।

 

मुलुकमा औद्योगिक वातावरण विकास हुने नयाँ प्रविधिको प्रयोग गरिने तथा स्वदेशी कच्चा पदार्थको पनि सदुपयोग हुने हुँदा सेजको महत्व झनै बढ्दै गएको हो । सेजको विकासले बन्द भएको उद्योगहरुका लागि पनि सञ्चालनमा आउन सहज हुने देखिन्छ ।

 

विशेष आर्थिक क्षेत्र संशोधित ऐनमा उद्योग सञ्चालनमा प्रोसाहन गर्न पनि विभिन्न खालका नियम परिवर्तन गरिएको छ । ७५ प्रतिशत अनिवार्य निर्यात गनुपर्ने व्यवस्थाबाट ६० प्रतिशत मात्रै निर्यात गरे हुने बनाइएको छ ।

 

साथै, उद्योग सञ्चालनमा आएको एक वर्षसम्म सम्पूर्ण उत्पादित वस्तु तथा सेवा स्वदेशमा नै बिक्री वितरण गर्न पाउने जस्ता व्यवस्था गरिएको छ ।

टेलिकमको नाफा ७ अर्बले घट्यो Read Previous

टेलिकमको नाफा ७ अर्बले घट्यो

श्री एयरलाइन्सलाई अन्तर्राष्ट्रिय उडान अनुमति Read Next

श्री एयरलाइन्सलाई अन्तर्राष्ट्रिय उडान अनुमति