अब यी ३० निजी अस्पतालमा कोरोनाको उपचार निःशुल्क हुने

काठमाडौं । सरकारले विपन्न नागरिक कोरोना संक्रमितको निःशुल्क उपचार गर्न निजी अस्पतालहरुसँग सम्झौता गरी कोभिड १९ केयर युनिट संचालन गर्ने भएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजहरुसँग विपन्न नागरिक कोरोना संक्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरेको छ।

 

ती अस्पतालहरुमा उपचारका लागि पुग्ने कोरोना संक्रमितले आफैंले शुल्क तिर्न नसक्ने भएमा बिरामीहरुको उपचार बापतको खर्च स्वास्थ्य मन्त्रालयले बेहोर्नेछ ।

 

आइसोलेसनमा प्रतिदिन प्रतिव्यक्ति ३ हजार ५०० रुपैयाँ, मध्यम जटिल केशका बिरामीको उपचारका लागि ७ हजार र आइसीयू तथा भेन्टिलेटरमा उपचारका गर्नेलाई १५ हजारका दरले सोधभर्ना बापत अस्पताललाई मन्त्रालयले दिने छ ।

 

मन्त्रालयसँग सम्झौता गरेका ३० अस्पतालहरुले संक्रमितको उपचारको खर्च विवरण स्वास्थ्य मन्त्रालयलाई बुझाउनुपर्ने हुन्छ । सरकारी अस्पताल तथा केही मेडिकल कलेजहरुमा यसअघि नै कोरोना संक्रमितको निःशुल्क उपचार हुँदै आएको छ।

राष्ट्रियस्तरको लुघवित्तको आइपीओ आउँदै, विक्री प्रबन्धक नियुक्त Read Previous

राष्ट्रियस्तरको लुघवित्तको आइपीओ आउँदै, विक्री प्रबन्धक नियुक्त

रियल स्टेट कम्पनीले बढीमा १०० रोपनी जग्गा राख्न पाउने, यस्तो छ जग्गाको नयाँ हकबन्दी (सूचीसहित) Read Next

रियल स्टेट कम्पनीले बढीमा १०० रोपनी जग्गा राख्न पाउने, यस्तो छ जग्गाको नयाँ हकबन्दी (सूचीसहित)