राष्ट्रियस्तरको लुघवित्तको आइपीओ आउँदै, विक्री प्रबन्धक नियुक्त

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

 

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आइपीओ जारी गर्ने भएको हो ।

 

यसैबीच, लघुवित्तले आइपीओ जारी गर्न ग्लोबल आइएमई क्यापिटललाई निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । सम्झौतापत्रमा लघुवित्तको तर्फबाट कार्यकारी अध्यक्ष विश्व प्रकाश प्रसाई र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणि ढकालले हस्ताक्षर गरे ।

 

राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा रहेको नेष्डोको अधिकृत पूँजी ५० करोड रुपैयाँ, जारी पूँजी २५ करोड ५० लाख रुपैयाँ र हाल चुक्ता पूँजी १७ करोड २१ लाख रुपैयाँ रहेको छ ।

 

आइपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २५ करोड ५० लाख रुपैयाँ पुग्नेछ । लघुवित्तमा संस्थापक समूहको हिस्सा ७० प्रतिशत रहेको छ भने सर्वसाधरणको ३० प्रतिशत हिस्सा रहनेछ ।

 

नेष्डो समृद्धको केन्द्रीय कार्यालय पर्वत जिल्लाको कुश्मा बजारमा रहेको छ ।  नेष्डो समृद्धिले हाल ५६ वटा शाखा कार्यालयहरु मार्फत राष्ट्रियस्तरमा ७८ हजार भन्दा बढी विपन्न परिवारलाई समूहमा आवद्ध गरी वित्तीय सेवा दिँदै आइरहेको छ ।

निषेधाज्ञाभर कर तिर्न ताकेता नगर्न सर्वोच्चको आदेश, खुलेको १ महिना भित्र तिरे हुने Read Previous

निषेधाज्ञाभर कर तिर्न ताकेता नगर्न सर्वोच्चको आदेश, खुलेको १ महिना भित्र तिरे हुने

अब यी ३० निजी अस्पतालमा कोरोनाको उपचार निःशुल्क हुने Read Next

अब यी ३० निजी अस्पतालमा कोरोनाको उपचार निःशुल्क हुने