प्रभु सेलेक्ट फण्डको इकाई विक्री खुला, वार्षिक २० प्रतिशत प्रतिफल दिने

काठमाडौं । प्रभु क्यापिटले आजदेखि प्रभु सेलेक्ट फण्डको १० करोड इकाई विक्री खुला गरेको छ । क्यापिटलले आफ्नो पहिलो सामूहिक लगानी कोष अन्तर्गत प्रतिइकाई १० रुपैयाँ दरले १ अर्ब बराबराको १० करोड इकाई सेलेक्टेड फण्ड विक्रीमा ल्याएको हो ।

 

निष्काशित कुल १० करोड इकाईमध्ये कोष प्रवद्र्धक प्रभु बैंकलाई १ करोड ४० लाख इकाई र कोष व्यवस्थापक प्रभु क्यापिटललाई १० लाख इकाई गरी कुल १ करोड ५० लाख इकाई छुट्याइएको छ । बाँकी ८ करोड ५० लाख इकाईका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

 

इच्छुक लगानीकर्ताले यस फन्डको इकाईमा जेठ ९ गतेसम्म आवेदन दिन सक्नेछन् ।सो अवधिमा विक्री नभएमा ढिलोमा जेठ १५ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम सबै इकाईकालागि आवेदन दिन सक्नेछन् ।

 

लगानीकर्ताले धितोपत्र बोर्डबाट सी–आस्वा इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत आवेलन दिन सक्नेछन् ।

 

यो एक बन्दमूखी योजना हो। यस योजनाले इकाई विक्रीबाट संकलित रकमको ८० देखि १०० प्रतिशतसम्म सेयरमा लगानी गर्नेछ ।

 

सेयर बजारमा सूचीकृत सेयरहरुमध्ये कम्पनीको व्यावसायिक वृद्धिदर उच्च रहेको, नियमित रुपमा उच्च प्रतिफल प्रदान गर्न सक्ने, वित्तीय अवस्था सबल भएका कम्पनीहरु छनोट गरी तीमध्ये अधिकतम ३० वटा कम्पनीको सेयरमा लगानी गरिने क्यापिटलले जनाएको छ ।

 

फण्डले लगानीकर्तालाई वार्षिक औसतमा २० प्रतिशतसम्म प्रतिफल दिने जनाएको छ ।

निम्बसले अत्यावश्यक सेवामा खटिनेलाई मास्क र स्यानिटाइजर उपलब्ध गराउने Read Previous

निम्बसले अत्यावश्यक सेवामा खटिनेलाई मास्क र स्यानिटाइजर उपलब्ध गराउने

सेयरमा आक्रमक लगानी गर्दै बैंकहरु, सेयर कर्जा १ खर्ब नजिक, यसकारण बढाए लगानी Read Next

सेयरमा आक्रमक लगानी गर्दै बैंकहरु, सेयर कर्जा १ खर्ब नजिक, यसकारण बढाए लगानी