काठमाडौं । कृषि क्षेत्रमा निजी क्षेत्रको अग्रणी उद्योग निम्बसले अत्यावश्यक सेवा प्रदान गर्ने ठाउँहरुमा प्रोटेक्ट मास्क र स्यानिटाइजर उपलब्ध गराउने भएको छ ।
कम्पनीले अहिलेको कोरोना सङ्कटलाई सामना गर्न मद्दत पुर्याउने उद्देश्यले महामारी विरुद्ध लड्ने संगठन, स्वयंसेवक, र अग्रपंक्तिमा रहेर सेवा दिनेहरु सबैलाई प्रोटेक्ट मास्क र स्यानिटाइजर सहयोग स्वरुप उपलब्ध गराउने भएको हो ।
निम्बसले अस्पताल, क्वारेन्टिन सेन्टर, अग्रपंक्तिमा रहेर सेवा दिनेहरु, स्वयंसेवक, स्वास्थ्यकर्मी, सरकारी निकाय आदिलाई प्राथमिकतामा राखेर छ । यस कम्पनीले प्रोटेक्ट को मास्क र स्यानिटाइजर बाँड्ने तयारी गरेको छ ।
निम्बसले यसअघि शहीद गंगालाल अस्पताल, नेपाल पत्रकार महासंघ, र अपठ्यारोमा परेकाहरुलाई निःशुल्क खाना खुवाउने स्वयंसेवकहरुद्वारा संचालित संगठन, हर्टबिटलाई मास्क वितरण गरिसकेको छ ।
निम्बसका प्रबन्ध निर्देशक, आनन्द बगरिया भन्छन्, ‘हाम्रो सुरक्षाका निम्ति यस महामारी विरुद्ध लड्ने सबै प्रति हामी भित्रै देखि कृतज्ञ छौँ । विश्वले भोगिहेको यो कठिन चुनौतीलाइ हराउन हामी सबैले ऐक्यबद्धता देखाएपछि मात्र सम्भव हुन्छ । यसका निम्ति हामी विभिन्न संगठनहरु र सरकारसँग सहकार्य गरेर सहयोगबाट वञ्चितहरुलाई सहायता गर्न चाहन्छौँ ।’
प्रोटेक्ट निम्बसको स्वास्थ र सरसफाई ब्राण्ड हो । जसले उच्च गुणस्तरको एन्टी माइक्रोबाइकल केएन ९५ मास्क, थ्रीप्लाइ मास्क र विश्व स्वास्थ संगठनको मापदण्ड अनुसारको ७६ प्रतिशत इथानोल रहेको स्यानिटाइजर उत्पादन गर्दछ ।
आफूलाई आवश्यक परेको संख्या उल्लेख गरेर संगठन र स्वयंसेवकहरुले मास्क र स्यानिटाइजरका लागि कम्पनीको वेबसाइट www.nimbusbazar.com मार्फत (Donate Pro-Tect बटन थिचेर) अथवा ९८२८०९१६९१ मा सम्पर्क गर्नुपर्नेछ ।