फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, प्रतिलिटर कति पुग्यो ?

काठमाडौं । कोरोना महामारीका बीच नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।

 

दुईसाता अघि मात्रै भाउ बढाएको निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको भन्दै नेपालमा पनि भाउ बढाइएको जनाएको छ ।

 

आइतबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजेलरमट्टितेल तथा आन्तरिकतर्फको हवाई इन्धनको खुद्रा विक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले बढाएको हो ।

 

मूल्य बढेसँगै अब उपभोक्ताले पेट्रोललाई प्रतिलिटर १२३, डिजेलरमट्टितेललाई १०६ र हवाई इन्धनलाई ७८ प्रतिलिटर तिर्नुपर्ने छ ।

 

भारतमा डिजेलको मूल्य बढ्दा प्रत्यक्ष असर नेपालमा पर्न थालेपछि निगमलाई पेट्रोल, डिजेल लगायतका पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने दबाब बढेको निगमले जनाएको छ । ।

 

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिनु, भारतसँग सीमा जोडिएका नाकामा मूल्यान्तर बढेर जानु, निगमको घाटा एकपछि अर्को बढेर जानु, विगतमा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा नेपालले स्वचालित मूल्य समायोजन नगर्नु जस्ता कारणले निगम मूल्य बढाउनैपर्ने दबाबमा पुगेको हो ।

 

पेट्रोलियम पदार्थमा अन्तर्राष्ट्रिय बजारमा आउने फेरबदल अनुसार नेपाल आयल निगमले प्रत्येक १५/१५ दिनमा मूल्य समायोजन गर्दै आएको छ ।

कोरोना रोकथाम तथा उपचारका लागि ४ अर्ब ३१ करोड स्रोत सुनिश्चित Read Previous

कोरोना रोकथाम तथा उपचारका लागि ४ अर्ब ३१ करोड स्रोत सुनिश्चित

घाटा थेग्नै नसक्ने अवस्थामा निगम, पाक्षिक ११० करोड नोक्सानी, किन जाँदैछ निरन्तर घाटामा ? Read Next

घाटा थेग्नै नसक्ने अवस्थामा निगम, पाक्षिक ११० करोड नोक्सानी, किन जाँदैछ निरन्तर घाटामा ?