नागरिक लगानी कोषको सेयर १३६६ रुपैयाँमै किन्ने अवसर ! कहाँबाट दिने आवेदन ?

काठमाडौं । नागरिक लगानी कोषको साढे ३ लाख कित्ता संस्थापक सेयर लिलामी विक्री आजदेखि खुला भएको छ ।एनआइसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको कोषको ३ लाख ५० हजार ३६९ कित्ता संस्थापक सेयर लिलामी मार्फत बेच्न लागेको हो ।

 

कोषको सेयर यसअघि पनि लिलामीमा ल्याइएको भए पनि विक्री हुन नसकेपछि फेरि लिलामीमा ल्याइएको हो ।यस लिलामी सेयरमा कम्पनीकै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

 

इच्छुक लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या र मूल्य तोकी आवदेन दिनुपर्नेछ । कोषको लिलामी सेयरको न्यनूतम मूल्य प्रतिकित्ता १३६६ रुपैयाँ तोकिएको छ ।

 

लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताको लागि वैशाख गतेसम्म आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले जेठ २७ गतेसम्म आवेदन दिनुपर्नेछ ।

 

लगानीकर्ताले विक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलको कार्यालय बबरमहल काठमाडौं, एनआइसी एशिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन पेश गर्न सक्नेछन् ।

एनएमबी बैंकको २० लाख कित्ता ऋणपत्र विक्री खुला, कहाँबाट दिने आवेदन ? Read Previous

एनएमबी बैंकको २० लाख कित्ता ऋणपत्र विक्री खुला, कहाँबाट दिने आवेदन ?

तामाकोशीलाई उछिन्दै रुरु बन्यो सबैभन्दा धेरै सेयर मूल्य हुने हाइड्रो कम्पनी, कति पुग्यो भाउ ? Read Next

तामाकोशीलाई उछिन्दै रुरु बन्यो सबैभन्दा धेरै सेयर मूल्य हुने हाइड्रो कम्पनी, कति पुग्यो भाउ ?