तामाकोशीलाई उछिन्दै रुरु बन्यो सबैभन्दा धेरै सेयर मूल्य हुने हाइड्रो कम्पनी, कति पुग्यो भाउ ?

काठमाडौं । रुरु जलविद्युत परियोजना कम्पनी नेप्सेमा सूचीकृत हाइड्रोपावर कम्पनीमध्ये सबैभन्दा महँगो सेयर मूल्य हुने कम्पनी बनेको छ ।

 

वैशाख २० गतेदेखि दोस्रो बजारमा कारोबारमा आएको कम्पनी १० कारोबार दिनमै सबैभन्दा धेरै सेयर मूल्य हुने हाइड्रोपावर कम्पनी बनेको हो ।

 

३५६ रुपैयाँमा पहिलो कारोबार खुलेको कम्पनीको सेयर मूल्य १० कारोबार दिनमै साढे दुई गुणा बढीले बढेर आज प्रतिकित्ता ८८० रुपैयाँ पुगेको छ । कारोबारमा आएदेखि कम्पनीको सेयर मूल्यमा दैनिक पोजेटिभ सर्किट अर्थात् १० प्रतिशतले बढ्दै आएको छ ।

 

रुरु हाल नेप्सेमा सूचीकृत ३४ हाइड्रोपावर कम्पनीमध्ये धेरै सेयर मूल्य हुने कम्पनी बनेको हो । रुले अपर तामाकोशी र माउन्टेन इनर्जीलाई उछिन्दै महँगो सेयर मूल्य हुने कम्पनी बनेको हो । आज सवा ११ बजेसम्म माउन्टेनको सेयर प्रतिकित्ता ८४४ रुपैयाँ र तामाकोशीको ८२१ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

अझै रुरुको सेयरको माग उच्च र सप्लाइ अत्यन्त कम भएकाले मूल्य अझै बढ्ने देखिन्छ । कम्पनीले चैत २० देखि अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता १२० रुपैयाँ दरले ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।जसमा ३७ हजार ९१६ हजारले गोलाप्रथाबााट १० कित्ताका दरले सेयर हात पारेका थिए भने ७ जनाले थप १ कित्ता पाएका थिए ।

 

कम्पनीले गुल्मीको चन्द्राकोट गाउँपालिकामा ५ मेगावाटको माथिल्लो हुग्दी खोलामा जलविद्युत् आयोजना निर्माण गरी संचालनमा समेत ल्याइसकेको छ । यसको कुल लाागत ७४ करोड ४५ लाख २१ हजार ९१० रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १४ करोड ८९ लाख रुपैयाँ रहेको छ ।

नागरिक लगानी कोषको सेयर १३६६ रुपैयाँमै किन्ने अवसर ! कहाँबाट दिने आवेदन ? Read Previous

नागरिक लगानी कोषको सेयर १३६६ रुपैयाँमै किन्ने अवसर ! कहाँबाट दिने आवेदन ?

चीनबाट १८ हजार सिलिन्डर तातोपानी नाका आइपुगे Read Next

चीनबाट १८ हजार सिलिन्डर तातोपानी नाका आइपुगे