एनएमबी बैंकको २० लाख कित्ता ऋणपत्र विक्री खुला, कहाँबाट दिने आवेदन ?

काठमाडौं । एनएमबी बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र विक्री खुला गरेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ  दरले २० लाख कित्ता ‘एनएमबी ऋणपत्र ८.५–२०८७/८८’ नामक ऋणपत्र विक्री खुला हो ।

 

निष्काशिन कुल २० लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता (१ अर्ब २० करोड रुपैयाँ बराबरको) ऋणपत्र बैंकले व्यक्तिगत तवरबाट विक्री गर्नेछ भने बाँकी ८ लाख कित्ता (८० करोड रुपैयाँ बराबरको) सर्वसाधारणमा विक्री गर्नेछ ।

 

जसमा ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी ७ लाख ६० हजार कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।

 

१० वर्षे अवधि ऋणपत्रमा बैंकले वार्षिक ८.५ प्रतिशतका दरले ब्याज दिनेछ । बैंकले प्रत्येक ६र६ महिनामा ब्याज भुक्तानी गर्ने छ भने साँवा ऋणपत्र परिपक्व भएपछि भुक्तानी हुने छ।

 

लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन्। सो ऋणपत्रमा छिटोमा जेठ ५ गते र सो अवधिमा विक्री नभएमा ढिलोमा जेठ १६ गतेसम्म आवेदन दिन सकिनेछ।

 

लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

 

ऋणपत्रको निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ। बैंकको ऋणपत्रलाईइक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ ए माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले बैंक समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ।

बजारमा आयो आफैंले कोरोना टेस्ट गर्न मिल्ने किट, हरेक पसलमा पाइने, कति पर्छ मूल्य ? Read Previous

बजारमा आयो आफैंले कोरोना टेस्ट गर्न मिल्ने किट, हरेक पसलमा पाइने, कति पर्छ मूल्य ?

नागरिक लगानी कोषको सेयर १३६६ रुपैयाँमै किन्ने अवसर ! कहाँबाट दिने आवेदन ? Read Next

नागरिक लगानी कोषको सेयर १३६६ रुपैयाँमै किन्ने अवसर ! कहाँबाट दिने आवेदन ?