पूँजी बजारको बारेमा अध्ययन गर्न ५ सदस्यीय उपसमिति गठन

;fpg @*, /f;; l;+xb/af/df a”waf/ a;]sf] k|ltlglw ;ef, cy{ ;ldltsf] a}7s . t:jL/ M /f]zg ;fksf]6f

काठमाडौं । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आज बसेको बैठकले पूँजी बजार र मुद्रा बजारको सुधार गर्न भन्दै ५ सदस्यीय अध्ययन उपसमिति गठन गरेको छ ।

 

रामकुमारी झाँक्रीको संयोजकत्वमा गठित उपसमितिलाई पूँजी बजार र मुद्रा बजारमा देखिएका समस्या समाधानका सुझाव सहितको २ महिनाभित्र प्रतिवेदन पेश गर्न समय तोकिएको छ ।

 

पूँजी बजारले विगत ३ वर्ष देखि गति लिन सकेको छैन भने मुद्रा बजारमा पनि आरोह–अवरोह आइरहेको सन्दर्भमा समिति गठन गरिएको बताइएको छ।

 

यस क्षेत्रसँग सम्बन्धित समस्या, समस्या सृजना हुनुका कारण, सम्बन्धित निकायबाट भइरहेका कामकारवाही र समाधानका लागि गर्नुपर्ने नीतिगत, संरचनात्मक र व्यवस्थापकीय लगायतका सुझाब सहितको प्रतिवेदन समितिले दिने छ।

 

त्यसपछि अर्थसमितिले ब्रोकर लाइसेन्सलगायतका बारेमा आवश्यक निर्णय गर्ने छ। अर्थ समितले बुधबार गभर्नर डा.चिरञ्जिबी नेपाल, अर्थ सचिव राजन खनाल, धितोपत्र बोर्ड, स्टक एक्सचेन्ज लगायतका अधिकारीहरुसँग छलफल गरेको थियो।

 

महानगरको कुल खर्चको ६८ प्रतिशत खर्च कर्मचारीको तलब भत्तामै सकियो Read Previous

महानगरको कुल खर्चको ६८ प्रतिशत खर्च कर्मचारीको तलब भत्तामै सकियो

दुधको मूल्यसँगै मिठाइको मूल्य बढ्ने संकेत, यस्ता छन् सबैभन्दा महङ्गा मिठाई Read Next

दुधको मूल्यसँगै मिठाइको मूल्य बढ्ने संकेत, यस्ता छन् सबैभन्दा महङ्गा मिठाई