कोरोना खोप लगाउनेले साढे ११ हजार भत्ता पाउने !

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो ई-कमर्श कम्पनी अमेजनले नयाँ भर्ना हुने कर्मचारीहरुले कोरोनाको पूर्ण खोप लगाएको प्रमाण पेश गरेमा थप १०० डलर  (११ हजार ७०० नेपाली रुपैयाँ) भत्ता दिने घोषणा गरेको छ ।

 

अमेजनले कम्पनीको लजिस्टिक कार्यसञ्चालनका लागि थप ७५ हजार नयाँ कर्मचारी भर्ना गर्न लागेसँगै यस्तो घोषणा गरेको हो ।

 

अर्थतन्त्र पुनःसुचारु गर्नका लागि कोरोना विद्धको खोप अनिवार्य बनिरहेको बेला अमेरिकाका उपभोग्य सामानका प्रमुख विक्रेताहरुले आफ्ना कर्मचारीहरुलाई कोभिड १९ को खोप लगाउन प्रोत्साहन स्वरुप बोनस लगायतका प्रोत्साहन रकम दिन थालेका छन् । यसो गर्नेमा डलर जनरल, क्रोगर तथा टार्गेट लगायतका रिटेलर्स छन् ।

 

महामारीका बेला लागू भएका विभिन्न खाले बन्देजका बेला ई कमर्श क्षेत्र फस्टाएको छ र रेष्टुरेन्ट, कारखाना तथा रेटल स्टोरहरुका साथै गोदामकेन्द्रहरुमा समेत घण्टाबारी ज्यालादारी कामदारको माग उच्च बनेको छ ।

 

अमेजनले आफ्नो अमेरिकास्थित गोदाम केन्द्रहरुमा काम गर्नका लागि नयाँ भर्ना गर्ने कर्मचारीहरुलाई प्रतिघण्टा १७ डलर ज्याला भुक्तान गर्नेछ । साथै नयाँ भर्ना हुने कर्मचारीहरुलाई शुरुवातमै १ हजार डलर बोनस प्रदान गरिनेछ भने कोरोना खोप लगाएको प्रमाण पेश गर्नेले १०० डलर थप पाउनेछन् ।

टेस्लाद्धारा बिटक्वाइनले कार किन्न सकिने योजना खारेज, मूल्यमा भारी गिरावट Read Previous

टेस्लाद्धारा बिटक्वाइनले कार किन्न सकिने योजना खारेज, मूल्यमा भारी गिरावट

८ महिनादेखि त्रिपाल मुनि थन्किएको रेल संचालनमा कोरोना बन्यो बाहना Read Next

८ महिनादेखि त्रिपाल मुनि थन्किएको रेल संचालनमा कोरोना बन्यो बाहना