चम्किँदै सेयर बजार, यी ७ कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौं । सेयर बजारमा लगातार चमक देखिएको छ । सोमबार २७ अंकले बढेको बजार आज पनि उत्तिनै अंकले बढेको हो । पछिल्ला दुई दिनमा नेप्से करिब ५५ अंकले बढेको छ ।

 

सूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । अघिल्लोे दिनको तुलनामा कारोबार रकम झन्डै डेढ अर्बले बढेर पौने ६ अर्ब बढीको कारोबार भएको छ ।

 

आज सेयर बजार मापक सूचक नेप्से २७.४७ अंकले बढेर २६७३.३१ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२० कम्पनीको ५ अर्ब ८१ करोड ६ लाख ७३ हजार ७१ रुपैयाँ बराबरको १ करोड ८ लाख १९ हजार ५३५ कित्ता सेयर किनबेच भएका छन् ।

 

सोमबार कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । जीवन बीमा समूह सबैभन्दा धेरै २६७.१८ अंकले बढेको छ ।

 

कारोबारमा आएका २२० कम्पनीमध्ये १५४ कम्पनीको सेयर मूल्य बढेको छ भने ३२ कम्पनीको घटेको छ । ३४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको ७६ करोड ६५ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा अपी पावर २० करोड र शिवम् सिमेन्ट १६ करोड रुपैयाँको कारोबार सहित शीर्ष तीनमा रहे ।

 

दोहोरो अंकले बढेको बजारमा आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बोटलर्स नेपालको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने रुरु जलविद्युत्, युनाइटेड मोदी हाइडोपावर र गुह्वेश्वरी मर्चेन्टका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

 

यसैगरी, आज समता घरेलु लघुवित्त ९.०५ प्रतिशत, एनआरएन इन्फ्रस्टक्चर ८.६३ प्रतिशत, नारायणी विकास बैंकको सेयर मूल्य ८.५९ प्रतिशतले बढेको छ ।

 

बढ्दो बजारमा आज पनि विशाल बजार कम्पनीको मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसका लगानीकर्ताले  १० प्रतिशत गुमाएका छन् । विशाल बजारको सेयरमा नेगेटिभ सर्किट लागेको आज लगातार चौथो दिन हो ।

उपत्यकामा जारी निषेधाज्ञा जेठ १३ सम्म लम्ब्याइयो, अहिलेसम्म खुला यी काम गर्न रोक Read Previous

उपत्यकामा जारी निषेधाज्ञा जेठ १३ सम्म लम्ब्याइयो, अहिलेसम्म खुला यी काम गर्न रोक

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरण जडान सम्पन्न, निषेधाज्ञा खुल्नसाथ परीक्षण उडान हुने Read Next

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरण जडान सम्पन्न, निषेधाज्ञा खुल्नसाथ परीक्षण उडान हुने