अब शुक्रबार पनि चेक क्लियरिङ हुने

काठमाडौं । अब शुक्रबार पनि चेक क्लियरिङ हुने भएको छ । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै बैंकहरुलाई शुक्रबार पनि चेक क्लियरिङ गर्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।

 

राष्ट्र बैंकको यो निर्देशन सँग अब बिहीबार साँझ एक बैंकबाट अर्को बैंकमा पठाइएका चेकहरु शुक्रबार पनि जम्मा हुने छ । अबदेखि शुक्रबारका लागि ११ः३० बजे एक्सप्रेस क्लियरिङ र १२ः३० बजे नियमित क्लियरिङ सत्र सञ्चालन गर्नुपर्ने केन्द्रीय बैंकले निर्देशन दिएको छ ।

 

यसअघि शुक्रबार चेक क्लियरिङ हुँदैनथ्यो । राष्ट्र बैंकका अनुसार अब शुक्रबार मध्यान्ह १२ बजेसम्म बैंकमा जम्मा गरेको चेक त्यसै दिन क्लियरिङ हुने छ ।

 

शुक्रबारको सन्ध्याकालिन काउण्टरमा जम्मा भएको चेकको पैसा पनि आइतबारसम्म प्राप्त हुने छ । राष्ट्र बैंकले इलेक्ट्रोनिक चेक क्लियरिङ (ईसीसी) सञ्चालनसम्बन्धी व्यवस्था परिवर्तन गरेको हो ।

 

जसअनुसार आईतबार देखि बिहीबार सम्म नियमित क्लियरिङ सत्रका लागि नेट क्लियरिङ्ग पोजिसन प्राप्त गर्ने समय दिउँसो ३ बजे र सेटलमेन्ट हुने समय दिउँसो ३ः१० बजे रहेको छ ।

 

त्यस्तै पहिलो एक्सप्रेस क्लियरिङ सत्रका लागि प्राप्त गर्ने समय बिहान ११ः३० बजे र सेटलमेन्ट हुने समय बिहान ११ः४० बजे रहेको छ ।त्यस्तै दोस्रो एक्सप्रेस क्लियरिङ्ग सत्रका लागि प्राप्त गर्ने समय १२ः३० सम्म र सेटलमेन्ट हुने समय दिउँसो १२ः४० सम्म रहेको छ ।

कालिमाटी तरकारी बजार बन्द Read Previous

कालिमाटी तरकारी बजार बन्द

उपत्यकामा जारी निषेधाज्ञा जेठ १३ सम्म लम्ब्याइयो, अहिलेसम्म खुला यी काम गर्न रोक Read Next

उपत्यकामा जारी निषेधाज्ञा जेठ १३ सम्म लम्ब्याइयो, अहिलेसम्म खुला यी काम गर्न रोक