अमलेखगञ्ज डिपोबाट हप्ताको ३ दिन मात्रै इन्धन वितरण हुने, कुन-कुन दिन दिइन्छ ?

काठमाडौं । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट अब हप्ताको ३ दिनमात्र इन्धन वितरण हुने भएको छ ।

 

निगमको इन्धन वितरण गर्ने मुख्य डिपो समेत रहेको अमलेखगञ्ज डिपाले कोरोना संक्रमण र निषेधाज्ञालाई मध्येनजर गर्दै साताको ३ दिन मात्र इन्धन वितरण गरिने जनाएको हो ।

 

डिपो कार्यालयले एक सूचना जारी गर्दै अबदेखि साताको तीन दिन आइतबार, बुधबार र शुक्रबार मात्रै इन्धन वितरण गरिने जानकारी दिएको हो ।

 

कर्मचारीको स्वस्थ्य अवस्था र स्थानीय प्रशासनको आग्रह बमोजिम सातामा ३ दिन मात्रै इन्धन वितरण गर्न लागिएको कार्यालयले जनाएको छ ।

 

साथै, डिपोले स्थानीय पम्प तथा निगमका डिपोहरुलाई पनि सोहीअनुसार इन्धन भर्ने व्यवस्था गर्न आग्रह गरेको छ ।

अब साथी एपमार्फत घरबाटै स्वाब संकलन हुने, यसरी लिनुस् सेवा Read Previous

अब साथी एपमार्फत घरबाटै स्वाब संकलन हुने, यसरी लिनुस् सेवा

देशका अधिकांश भाग ठप्प :  ६७ जिल्लामा निषेधाज्ञा, यी हुन् खुला रहेका १० जिल्ला Read Next

देशका अधिकांश भाग ठप्प : ६७ जिल्लामा निषेधाज्ञा, यी हुन् खुला रहेका १० जिल्ला