अब साथी एपमार्फत घरबाटै स्वाब संकलन हुने, यसरी लिनुस् सेवा

काठमाडौं । राइड सेयरिङ एप साथीले घरबाटै कोभिड-१९ को पीसीआर परीक्षणको लागि स्वाब संकलन सुविधा शुरु गरेको छ ।

 

राइड सेयरिङ सुविधा दिँदै आएको साथी राइडले कोरोना महामारीको विषम परिस्थितिलाई न्यूनीकरण गर्न ‘घरमै बसौँ, सुरक्षित रहौँ’ भन्ने नाराका साथ विभिन्न अस्पताल तथा प्रयोगशालाहरुसँग सहकार्य गरी ग्राहकलाई सहज रुपमा घरमै पीसीआर स्वाब संकलन सुविधा शुरु गरेको हो ।

 

कम्पनीका बजार व्यवस्थापन प्रमुख इन्जोल श्रेष्ठले हाल उपत्यकामा मात्रै शुरु गरिएको उक्त सेवा विस्तार गर्दै नेपालका विभिन्न जिल्लाहरुमा पनि उपलब्ध गराउने बताए । ‘हामीले अहिले एम्बुलेन्स नपाएर कोरोना तथा अन्य रोगका कारण मृत्यु भएको खबरहरु धेरै नै सुनिरहेका छौँ । यही कुरालाई मध्यनजर गर्दै हामीले विभिन्न संघ–संस्थाहरुसँग सहकार्य गरी इमरजेन्सी कार सर्भिस साथै हेलि एम्बुलेन्सको सुविधा पनि सञ्चालन गर्ने तयारीमा छौँ ,’ उनले भने ।

 

यो सेवा लिनका लागि सेवाग्राहीहरुले साथी एप डाउनलोड गरेर त्यसमा आफ्नो नाम ठेगानासहितको जानकारीहरु राखेर रजिस्टर गर्नुपर्ने हुन्छ । सो एपमार्फत सिधै सेवा लिन सकिन्छ ।

 

कम्पनीले यात्रुलाई राइड बुकिङ, रेन्टल कार सर्भिस तथा फुड डेलिभरी सेवा दिँदै आएको छ।

नेप्सेमा दोहोरो अंकको गिरावट, यसअघि उफ्रिएका यी ३ कम्पनीको मूल्यमा नेगेटिभ सर्किट Read Previous

नेप्सेमा दोहोरो अंकको गिरावट, यसअघि उफ्रिएका यी ३ कम्पनीको मूल्यमा नेगेटिभ सर्किट

अमलेखगञ्ज डिपोबाट हप्ताको ३ दिन मात्रै इन्धन वितरण हुने, कुन-कुन दिन दिइन्छ ? Read Next

अमलेखगञ्ज डिपोबाट हप्ताको ३ दिन मात्रै इन्धन वितरण हुने, कुन-कुन दिन दिइन्छ ?