काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । बिहीबार करिब १२ अंकले घटेको बजार आज पनि दोहोरो अंकले गिरावट आएको हो । सूचकमा गिरावट आए पनि कारोबार रकममा भने उत्साहजनक नै रहेको छ । आज ६ अर्ब माथि कारोबार भएको छ ।
आज सेयर बजार मापक सूचक नेप्से १८.५६ अंकले घटेर २६१८.५६ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१९ कम्पनीको ६ अर्ब १४ करोड ८९ लाख ६६ हजार ७७२ रुपैयाँ बराबरको १ करोड २७ लाख २८ हजार १२५ कित्ता सेयर किनबेच भएका छन् ।
आइतबार कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएका छन् । जीवन बीमा समूह सबैभन्दा धेरै १४४७.६४ अंकले घटेको छ ।
कारोबारमा आएका २१९ कम्पनीमध्ये ४४ कम्पनीको सेयर मूल्य बढेको छ भने १५७ कम्पनीको घटेको छ । १८ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज एनसीसी बैंक सर्वाधिक कारोबार भएको छ । यसको २८ करोड ८६ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा कुमारी बैंक २८ करोड र हिमालयन डिस्टीलरी २४ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।
दोहोरो अंकले घटेको बजारमा आज २ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । समता घरेलु लघुवित्त र रुरु जलविद्युत्का सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।
घट्दो बजारमा आज ४ कम्पनीको सेयर मूल्यमा नेगेटिभ नेगेटिभ सर्किट लागेको छ । यसअघि लगातार पोजेटिभ सर्किट लाग्दै आएका महिला लघुवित्त, विशाल बजार कम्पनी र सिंगटी हाइडो इनर्जी कम्पनीकोको मूल्य १० प्रतिशतले घटेको छ ।