चेम्बर अफ कमर्सले एम्बुलेन्स सेवा दिने, चाहिएमा यी नम्बरमा सम्पर्क गर्नुहोस्

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले कोरोनाबाट सृजित स्वास्थ्य सम्वेदनशीलतालाई मध्यनजर गर्दै एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।

 

आपतकालीन स्वास्थ्य प्रयोजनका लागि बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म एम्बुलेन्स सेवा उपलब्ध हुने चेम्बरले जनाएको छ ।

 

कोभिड(१९ का कारण गम्भीर बिरामीहरु अस्पतालसम्म पुग्न कठिनाई भइरहेका बेला नेपाल चेम्बरले छत्रपाटी चिकित्सालयसँगको सहकार्यमा एम्बुलेन्स सेवा उपलब्ध गराएको हो । हाललाई काठमाण्डौं उपत्यका भित्रका अस्पताल जानु पर्ने बिरामीहरुले एम्बुलेन्स सेवा लिन सक्ने चेम्बरद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

 

एम्बुलेन्स सेवा प्रयोगका लागि उल्लेखित समयमा नेपाल चेम्बर अफ कमर्सको फोन नं. ०१-५३३०९४७ वा छत्रपाटी चिकित्सालयको मोवाईल नं. ९८५१२१६०३९ मा सम्पर्क राख्न सकिने चेम्बरले जनाएको छ ।

नेपालको आफ्नै स्याटेलाइट राख्ने बारे अध्ययन गर्न ४ विदेशी कम्पनीको प्रस्ताव Read Previous

नेपालको आफ्नै स्याटेलाइट राख्ने बारे अध्ययन गर्न ४ विदेशी कम्पनीको प्रस्ताव

नेप्सेमा दोहोरो अंकको गिरावट, यसअघि उफ्रिएका यी ३ कम्पनीको मूल्यमा नेगेटिभ सर्किट Read Next

नेप्सेमा दोहोरो अंकको गिरावट, यसअघि उफ्रिएका यी ३ कम्पनीको मूल्यमा नेगेटिभ सर्किट