काठमाडौं । सेयर बजारमा करेक्शन आएको छ । आइतबार ५४ अंकले बढेको बजारमा आज दोहोरो अंकको करेक्शन आएको हो ।
सूचकमा गिरावट आए पनि कारोबार रकम भने उत्साहजनक रहेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब १४ करोडले बढेर साढे ७ अर्ब नाघेको छ ।
आज सेयर बजार मापक सूचक नेप्से १२.३५ अंकले घटेर २६५२.७५ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१६ कम्पनीको ७ अर्ब ५२ करोड ९२ लाख ९० हजार १४६ रुपैयाँ बराबरको १ करोड ५९ लाख ८ हजार ४९९ कित्ता सेयर किनबेच भएका छन् ।
आइतबार कारोबारमा आएका १३ वटा समूहमध्ये माइक्रोफाइनान्स र लगानीबाहेक बाँकी सबै समूहको परिसूचक राताम्मे भएका छन् । माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै ६९.०३ अंकले बढेको छ भने जीवन बीमा समूह ९०.९५ अंकले घटेको छ ।
आज अपी पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको ३९ करोड ३५ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल पुनर्बीमा कम्पनीको २९ करोड र ग्रामीण विकास लघुवित्त २८ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।
दोहोरो अंकले घटेको बजारमा पनि आज ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । विशाल बजार , नेशनल माइक्रोफाइनान्स, महिला लघुवित्त, सिंगटी हाइडो इनर्जी र ड.ादी ग्रुप कम्पनीका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।
घट्दो बजारमा आज हिमालयन ऊर्जा कम्पनीका सेयरधनीले सबैभन्दा धेरै ३.५८ प्रतिशत गुमाएका छन् ।