काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाएर यात्रा गर्न रोक लगाइएको छ । कोरोना संक्रमण बढेसँगै अध्यागमन विभागले यही बुधबार राति १२ बजेदेखि लागू हुने गरी ट्रान्जिट रुट प्रयोगमा रोक लगाएको हो ।
कोरोनाको नयाँ भेरियन्टलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको विभागले जनाएको छ । पछिल्लो समय खासगरी भारतीयहरु नेपाललाई ट्रान्जिट बनाउँदै यात्रा गर्ने क्रम बढेपछि विभागले विदेशी नागरिकलाई विमानस्थललाई ट्रान्जिट बनाउन रोक लगाएको हो ।
ट्रान्जिट बनाएर यात्रा गर्न रोक लगाइए पनि विदेशबाट नेपाललाई अन्तिम गन्तव्यस्थल बनाइ आगमन गर्न र नेपालबाट विदेश जान भने पाइने विभागले जनाएको छ ।
कोरोनाको जोखिम बढ्दै गएपछि काठमाडौं उपत्यकामा वैशाख १६ देखि निषेधाज्ञा जारी गरिएको छ ।