सिंगटी हाइड्रोको सेयर भोलिदेखि कारोबारमा आउने, कतिमा खुल्छ पहिलो कारोबार ?

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ ।

 

कम्पनीले संस्थापक र सर्वसाधरण तर्फको गरी प्रतिकित्ता १०० रुपैयाँ दरको १ करोड ४५ लाख कित्ता सेयर सूचीकृत गरेको हो ।

 

नेप्सेमा सूचीकृत भएसँगै बुधबारदेखि कम्पनीको सेयर कारोबारमा आउने छ । कम्पनीलाई नेप्सेले कारोबारका लागि SHEL संकेत चिह्न प्रदान गरेको छ ।

 

कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले १०० रुपैयाँदेखि ३०० रुपैयाँ ओपनरेञ्ज तोकेको छ । यसैबीचमा रहेर कम्पनीको पहिलो कारोबार शुरु हुनेछ ।

 

कम्पनीले चैत्त ६ देखि १० गतेसम्मका १०० रुपैयाँ अंकित दरका कुल २९ लाख कित्ता आइपीओ निष्काशन गरेको थियो । गोलप्रथाबाट भाग्यमानी २ लाख ६९ हजार ७०० जनाले मात्रै न्यूनतम १० कित्ताका दरले सेयर पाएका थिए ।

निषेधाज्ञाको समय सेयर बजार खुला हुन्छ कि बन्द ? Read Previous

निषेधाज्ञाको समय सेयर बजार खुला हुन्छ कि बन्द ?

त्रिभुवन विमानस्थललाई ट्रान्जिट बनाएर यात्रा गर्न नपाइने Read Next

त्रिभुवन विमानस्थललाई ट्रान्जिट बनाएर यात्रा गर्न नपाइने