निषेधाज्ञाको समय सेयर बजार खुला हुन्छ कि बन्द ?

काठमाडौं । निषेधाज्ञाको समयमा पनि सेयर बजार खुला रहने भएको छ ।सरकारले काठमाडौं उपत्यकामा बुधबार रातिदेखि निषेधाज्ञा घोषणा गरेको छ । गत वर्ष लकडाउनभर सेयर बजार बन्द भए पनि यसपटक भने खुला रहने नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ ।

 

अहिले अधिकांश सेयर कारोबार अनलाइनबाटै हुने भएकाले बजार बन्द नहुने नेप्सेले जनाएको छ । सामान्य अवस्थामा पनि ९० प्रतिशत बढी सेयर खरिद विक्री अनलाइनबाटै हुने गर्दथ्यो ।

 

यस्तै, सेयर किनबेच गरेको पैसा भुक्तानी पनि कनेक्ट आइपीएसबाट सीधै बैंक खातामा जम्मा गर्न सकिने भएकाले बजार बन्द गर्नु नपर्ने नेप्सेले जनाएको छ ।

 

गत वर्ष लकडाउन हुँदा करिब ३ महिना सेयर बजार बन्द गरिएको थियो ।

महामारीलाई कमाउने मौका बनाउँदै व्यापारी, मनलाग्दी खाद्यान्नको मूल्य वृद्धि Read Previous

महामारीलाई कमाउने मौका बनाउँदै व्यापारी, मनलाग्दी खाद्यान्नको मूल्य वृद्धि

सिंगटी हाइड्रोको सेयर भोलिदेखि कारोबारमा आउने, कतिमा खुल्छ पहिलो कारोबार ? Read Next

सिंगटी हाइड्रोको सेयर भोलिदेखि कारोबारमा आउने, कतिमा खुल्छ पहिलो कारोबार ?