माछापुच्छ्रे बैंकले कमायो सवा १ अर्ब बढी खुद नाफा, यस्ता छन् अन्य सूचक

काठमाडौं । माछापुच्छ्रे बैंकले खुद मुनाफमा सामान्य सुधार गरेको छ । बैंकले मंगलबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार खुद नाफा १०.६१ प्रतिशतले वृद्धि भएको छ ।

 

विवरण अनुसार बैंकले चालू आवको चैत मसान्तसम्म कुल १ अर्ब २९ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको हो । यो गत आवको सोही अवधिको तुलनामा १३ करोड रुपैयाँ बढी हो । गत आवको तेस्रो त्रैमासमा बैंकले १ अर्ब १६ करोड ६८ रुपैयाँ नाफा कमाएको थियो ।

 

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी, सञ्चालन आम्दानी र गैर सञ्चालन आम्दानी बढेका कारण खुद नाफा बढ्न पुगेको हो।

बैंकको खुद ब्याज आम्दानी भने ४.०९ प्रतिशतले बढेको छ । गत वर्षको तेस्रो त्रैमाससम्म ३ अर्ब ३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले चालू वर्षको सोही अवधिमा यस्तो आम्दानी बढेर ३ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । यस्तै, बैंकको संचालन नाफा ९.२५ प्रतिशतले बढेर १ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ ।

 

हाल ९ अर्ब ५ करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ५६ करोड रुपैयाँ सञ्चित छ। तेस्रो त्रैमाससम्म बैंकको वितरण योग्य मुनाफा ८४ करोड ६९ लाख रुपैयाँ रहेको छ ।

 

समीक्षा अवधिसम्म बैंकले १ खर्ब २५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १८.३९ रुपैयाँबाट बढेर १९.०१ रुपैयाँ पुगेको छ । बैंकले खराब कर्जा ०.२० प्रतिशतबाट बढेर ०.५१ प्रतिशत पुगेको
छ ।

 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १३९.३४ रुपैयाँ, मूल्य आम्दानी अनुपात १६.९४ प्रतिशत, बेसरेट ७.०९ प्रतिशत र सीसीडी रेसियो ८०.३९ प्रतिशत रहेको छ ।

निषेधाज्ञा घोषणासँगै हवाई भाडा तेब्बरसम्म बढ्यो, कहाँको कति ? Read Previous

निषेधाज्ञा घोषणासँगै हवाई भाडा तेब्बरसम्म बढ्यो, कहाँको कति ?

उपत्यका छाड्नेको लर्को, बसपार्कमा बिहानैदेखि गाउँ जानेको भीड, टिकट पाउनै मुश्किल Read Next

उपत्यका छाड्नेको लर्को, बसपार्कमा बिहानैदेखि गाउँ जानेको भीड, टिकट पाउनै मुश्किल