लक्ष्मी बैंकद्धारा ‘एपीआइ डेभलपर’ प्लाटफर्मका लागि साझेदारी आह्वान

काठमाडौं । लक्ष्मी बैंकले एपीआइ बैंकिङ्गको माध्यमबाट डिजिटल प्रविधिको प्रयोग बढाउने रणनीति बमोजिम ‘एलएक्सबी कनेक्ट’ नामक ‘एपीआई डेभलपर’ प्लाटफर्म घोषणा गरी साझेदारीका लागि आह्वान गरेको छ।

 

यस साझेदारी अन्तर्गत फिन्टेक, स्टार्टअप तथा डेभलपरहरुले आफ्नो क्षेत्रसँग सम्बन्धित बैंकका साझा ग्राहकहरुलाई विविध डिजिटल सेवा प्रदान गर्न सक्नेछन्।

 

‘एलएक्सबी कनेक्ट स्यान्डबक्स’ इन्भाइरोमेन्टअन्तर्गत इच्छुक साझेदारहरुले बैंकिङ्ग सेवा तथा प्रणालीलाई दृष्टिगत गरी बैंकको ‘एपीआई’ सँग सम्बन्धित कार्यसँग एकीकरणको सम्भावनाहरुलाई कार्यान्वयन गर्न तथा आफू अनुकूल प्रयोग गर्न सकिनेछ।

 

बैंकले उक्त प्लेटफर्म मार्फत खाता व्यवस्थापन, वित्तीय तथा गैरवित्तीय गरी ३ वर्गको प्रयोग हुने गरी एपीआई पहुँच प्रदान गर्ने जनाएको छ ।

 

खाता व्यवस्थापन अन्तर्गत खाता खोल्ने, खाता व्यवस्थापन गर्ने, ग्राहक पोर्टफोलियो बनाउने, वित्तीय अन्तर्गत हितग्राही व्यवस्थापन, रकम ट्रान्स्फर, बिल भुक्तानी, नियमित (रिकरिंग) भुक्तानी, रेमिट्यान्स भुक्तानी, तलब भुक्तानी, सेटलमेन्ट आदि र गैरवित्तीय अन्तर्गत विनिमय दर, शाखा/एटीएमहरुको जानकारी, प्रमाणीकरण, रिकन्सिलियसन, स्टेटमेन्ट आदि सेवा प्रदान गर्ने बैंकले जनाएको छ।

 

बैंकले हाल देशभरका १२९ शाखाहरु, ५ हस्पिटल काउन्टर, १५८ एटीएम तथा २५०० भन्दा बढी रेमिट्यान्स, ६१ शाखा सहित बैैैंकिङ्ग, ४०० भन्दा बढी मोबाइल एजेन्टमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

सेयर बजारमा लगातार भीषण पहिरो, अझै कहिलेसम्म कायम रहला ओरालो यात्रा ? Read Previous

सेयर बजारमा लगातार भीषण पहिरो, अझै कहिलेसम्म कायम रहला ओरालो यात्रा ?

यार्सागुम्बा सङ्कलन खुला, खर्क प्रवेश गर्न ३० हजारसम्म तिर्नुपर्ने Read Next

यार्सागुम्बा सङ्कलन खुला, खर्क प्रवेश गर्न ३० हजारसम्म तिर्नुपर्ने