१६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुने, के-के खुल्छन्, के बन्द हुन्छन् ?

काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिएसँगै वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाइने भएको छ।

 

काठमाडौं, भक्तपुर ललितपुरका तीन वटै प्रमुख जिल्ला अधिकारीहरूको आइतबार बसेको बैठकले कोरोना संक्रमणको महामारी बढेसँगै उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

 

निषेधाज्ञामा उपत्यकामा अत्यावश्यकबाहेक सबै सेवा बन्द हुने जनाइएको छ । अत्यावश्यक कामबाहेक हिँडडुलमा पनि कडाइ गरिने छ । सार्वजनिक र निजी सवारीसाधन दुवै संचालनमा रोक लगाइने छ । होटल, रेष्टुरेन्ट व्यवसाया पनि बन्द हुनेछन् । यद्यपि, होम डेलिभरी, टेकवे भने गर्न पाउनेछन् ।

 

अत्यावश्यक सेवाका एम्बुलेन्स, शव वाहन, दमकल, कूनीतिक नियोग, प्रेसलगायतका गाडी भने संचालन गर्न पाइने छ । यस्तै,
खाद्यान्त, तरकारी, दूधलगायत दैनिक उपभोग्य वस्तुहरूका लागि बजार खुला गरिने छ। हवाई सेवा पनि सुचारू हुनेछ।

 

सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था आधा जनशक्ति राखेर मात्र सञ्चालन गर्न पाइने छ। यसरी कार्यालय खोल्दा स्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने छ।

शिवश्री हाइड्रोपावरको माथिल्लो चाकु ‘ए’ आयोजनाबाट व्यवसायिक उत्पादन शुरु Read Previous

शिवश्री हाइड्रोपावरको माथिल्लो चाकु ‘ए’ आयोजनाबाट व्यवसायिक उत्पादन शुरु

सेयर बजारमा लगातार भीषण पहिरो, अझै कहिलेसम्म कायम रहला ओरालो यात्रा ? Read Next

सेयर बजारमा लगातार भीषण पहिरो, अझै कहिलेसम्म कायम रहला ओरालो यात्रा ?