शिवश्री हाइड्रोपावरको माथिल्लो चाकु ‘ए’ आयोजनाबाट व्यवसायिक उत्पादन शुरु

काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ र ५ मा निर्माण भएको २२.१ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत् आयोजनाबाट व्यावसायिक विद्युत् उत्पादन शुरु भएको छ ।

 

निजी क्षेत्रको शिवश्री हाइड्रोपावर लिमिटेडद्वारा निर्माण भएको आयोजनाबाट ३.५ मेगावाट विद्युतको व्यापारिक उत्पादन शुरु भएको हो ।

 

प्रतिमेगावाट २२ करोड रुपैयाँ लगानी भएको आयोजनाबाट हाल नदीको बहाव कम भएकाले दैनिक सरदर ३.५ देखि ४ मेगावाट विद्युत् उत्पादन हुनेछ ।

 

नेपाली प्राविधिकद्वारा डिजाइन गरी सम्पूर्ण कार्य नेपाली प्राविधिकद्वारा नै गरिएको आयोजनाको हेड ८१५ मिटर रहेको छ । फुल्पींकट्टीको चन्द्रपुमा बाँध बाँधी मामिंङको याङले फाँटमा विद्युत् गृह निर्माण भएको आयोजनाको सुरुङमार्ग ३ हजार ३०० मिटर रहेको छ ।

 

अरनिको राजमार्गको १०० किलोमिटरमा पर्ने मार्मिङको चाकु बजारबाट ३० किलोमिटर पहुँच मार्ग निर्मण गरी आयोजनास्थलदेखि २२ किलोमिटर लामो प्रसारण लाइन मार्फत लामोसाधुस्थित राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

 

तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहे पनि विसं २०७२ को विनाशकारी भूकम्प, नाकाबन्दी र पटकपटक बाढी पहिरोका कारण लामो समय लागेको आयोजनाले जनाएको छ । उक्त कम्पनीद्वारा निर्माण भइरहेको ३६ मेगावाटका अप्पर बलेफी आयोजनाको काम पनि अन्तिम चरणमा पुगेको जनाइएको छ ।

काठमाडौंका थप २ ठाउँमा वाटर एटीएम, ५ रुपैयाँमा १ लिटर पानी पाइने Read Previous

काठमाडौंका थप २ ठाउँमा वाटर एटीएम, ५ रुपैयाँमा १ लिटर पानी पाइने

१६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुने, के-के खुल्छन्, के बन्द हुन्छन् ? Read Next

१६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुने, के-के खुल्छन्, के बन्द हुन्छन् ?