काठमाडौं । सिभिल बैंकले चितवनको खुरखुरे शाखा स्थानन्तरणको उद्घाटन गरिएको छ । स्थानन्तरित खुरखुरे शाखाको समुद्घघाटन राप्ती नगरपालिका नगर प्रमुख प्रभा बरालले गरिन् ।
नगर प्रमुख बरालले बैंकको उक्त शाखाले खुरखुरेमा वित्तीय पहुँच वृद्धि गर्नको साथै वित्तीय स्तर बढाउन टेवा पुर्याउने बताइन् । व्यापार व्यवसाय विस्तार तथा रोजगारी श्रृजनाका लागि अनुकुल वातावरणलाई प्रोहत्साहन गरेकोमा बैंकलाई धन्यवाद दिँदै उनले उक्त क्षेत्रका बासिन्दाहरुलाई आफूलाई आवश्यक पर्ने पूँजीको लागि बैंकबाट कर्जा लिई आफ्नो व्यवसाय विस्तार गर्न तथा आफूसंग भएको सानो सानो पूँजीलाई पनि बैंकमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न आग्रह गरिन ।
सिभिल बैंकका प्रदेश २ नं का प्रमुख विश्वास अर्यालले बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकको सहभागिता बिना आर्थिक समृद्धि सम्भव नहुने बताए । सिभिल बैंकले यस क्षेत्रका सम्पूर्ण बचतकर्ता उद्यमी, व्यवसायी तथा स्थानीयहरुलाई उच्चस्तरीय बैंकिङ सेवा तथा सुविधा उपलव्ध गराउने प्रतिबद्धता जनाउँदै यस क्षेत्रको अर्थतन्त्र उकास्नको लागि साना तथा मझौला व्यापार व्यवसाय लगायत अन्य व्यक्तिगत कर्जाहरु जस्तै घरकर्जा, सवारी कर्जा, शैक्षिक कर्जा जस्ता क्षेत्रमा लगानी बढाउने बताए ।
बैंकले हाल देशभरका ११४ शाखाहरु, ९ एक्सटेन्सन काउन्टरहरु, ८९ एटीएममार्पmत सेवा प्रदान गर्दै आएके छ ।