कोरोनाको दोस्रो लहर बढेपछि धितोपत्र बोर्डले जारी गर्‍यो यस्तो ६ बुँदे निर्देशन

काठमाडौं । नेपालमा कोरोनाको दोस्रो लहर शुरु भएसँगै नेपाल धितोपत्र बोर्ड (सेबोन) ले त्यसको रोकथाम तथा नियन्त्रणका लागि ६ बुँदे निर्देशन जारी गरेको छ ।

 

पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि धितोपत्र बजार तथा सम्पूर्ण धितोपत्र व्यवसायीलाई सेवा प्रवाह गर्दा सवाधानी अपनाउन आग्रह गर्दै बोर्डले ६ बुँदे निर्देशन जारी गरेको हो ।

 

बोर्डले सकेसम्म सेवा प्रवाह गर्दा विद्युतीय माध्यमको प्रयोग गर्न गराउन आग्रह गरेको छ । कार्यालय स्थलमा सेवाग्राही तथा कर्मचारीहरुलाई मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य गर्न गराउन निर्देशन दिएको छ।

 

यस्तै, कार्यालयमा २५ जनाभन्दा बढी सेवाग्राही नहुने गरी सेवा प्रवाह गर्न, तालिम, गोष्ठी, सेमिनार लगायत कार्याक्रम भर्चुअल माध्यमबाट गर्न भनेको छ ।

 

नेपाल सरकारले तोकेको जनस्वास्थ्यसम्बन्धी मापदण्ड पूर्ण पालना गर्न गराउन पनि बोर्डले निर्देशन दिएको छ।

Scanned Image

 

महिला लघुवित्तको सेयर मूल्य २२ दिनमै चौब्बर, प्रतिकित्ता कति पुग्यो भाउ ? Read Previous

महिला लघुवित्तको सेयर मूल्य २२ दिनमै चौब्बर, प्रतिकित्ता कति पुग्यो भाउ ?

यी दुई एशियाली अर्थतन्त्र, जसले विश्वव्यापी आर्थिक मन्दी र कोरोना महामारीलाई समेत टारे Read Next

यी दुई एशियाली अर्थतन्त्र, जसले विश्वव्यापी आर्थिक मन्दी र कोरोना महामारीलाई समेत टारे