महिला लघुवित्तको सेयर मूल्य २२ दिनमै चौब्बर, प्रतिकित्ता कति पुग्यो भाउ ?

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य २२ कारोबार दिनमै चार गुणाले बढेको छ ।

 

गत चैत ३ गतेदेखि दोस्रो बजारमा कारोबारमा आएको लघुवित्तको सेयर मूल्य २२ कारोबार दिनमा बढेर चौब्बर भएको हो । ४३८ रुपैयाँमा पहिलो कारोबार शुरु भएको कम्पनीको सेयर मूल्य चार गुणाले बढेर आज प्रतिकित्ता १७६६ रुपैयाँ पुगेको छ ।

 

कारोबारमा आएको ४ हप्ता बितिसके पनि अझै कम्पनीको सेयरको सप्लाई भने आउन सकोके छैन । हरेक दिन खरिदकर्ताको उच्च चाप रहे पनि विक्रीकर्ता अत्यन्त न्यून रहेको छन् ।

 

अहिले सेयर हात पार्न सके केही हप्तामै मनग्ये नाफा कमाउन सकिने भएकाले लगानीकर्ता यसरी झुम्मिएका हुन् । यद्यपि, विक्री कर्ता नभएकाले अर्डर राखे पनि सेयर पाउने सम्भावना भने अत्यन्तै कम छ ।

 

लघुवित्तले माघ २८ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आइपीओ विक्रीमा ल्याएको थियो । जसमा गोलाप्रथाबाट भाग्यमानी ३७ हजार ५०० जनाले १० कित्ताका दरले सेयर हात पारेका थिए भने १४ लाख ९९ हजार १८२ जनाको हात खाली भएको थियो ।

 

नेप्सेमा लघुवित्तको सर्वसाधरण तर्फको जम्मा ४ लाख कित्ता सेयर सूचीकृत छ । सर्वसाधरणको सेयर संख्या कम भएको र वित्तीय अवस्था पनि बलियो रहेकाले लघुवित्तको सेयरमा आकर्षण देखिएको हो । आइपीओ निष्काशन पछि लघुवित्तको चुक्ता पूँजी १० करोड रुपैयाँ पुगेको छ ।

झोलुङ्गे पुल तरेको २० रुपैयाँ कर Read Previous

झोलुङ्गे पुल तरेको २० रुपैयाँ कर

कोरोनाको दोस्रो लहर बढेपछि धितोपत्र बोर्डले जारी गर्‍यो यस्तो ६ बुँदे निर्देशन Read Next

कोरोनाको दोस्रो लहर बढेपछि धितोपत्र बोर्डले जारी गर्‍यो यस्तो ६ बुँदे निर्देशन