झोलुङ्गे पुल तरेको २० रुपैयाँ कर

फाइल तस्वीर

गलकोट । सङ्घीय सरकारद्वारा हालै निर्माण सम्पन्न भएपछि सञ्चालनमा आएको बागलुङ–पर्वत जोड्ने बाङ्गेचौर–अदुवाबारी झोलुङ्गे (५६७ मिटर लामो) पुलमा तरेपछि २० रुपैयाँ कर तिर्नुपर्ने भएको छ ।

 

सो पुल विश्वकै लामो दावी गरिँदै आएको छ । बागलुङ नगरपालिकाले पूर्वाधार कर भनी मङ्गलबारदेखि कर सङ्कलन शुरु गरेको छ । प्रतिव्यक्ति २० रुपैयाँ कर लिने कामको सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ ।

 

अबदेखि पुलमार्फत ओहरदोहर गर्नेले प्रतिव्यक्ति २० रुपैयाँ कर बुझाउनुपर्ने हुन्छ । नगरपालिकाका प्रमुख जनकराज पौडेलले पुलकै पूर्वाधारमा खर्च गर्न कर सङ्कलन गर्ने निर्णयमा पुगेको र यो निर्णयमाथि पुनःविचार गरिने बताए।

 

बागलुङ–पर्वत जिल्लाबासीलाई भने कर नलाग्ने नगरपालिकाले जनाएको छ । नगर प्रमुख पौडेलका अनुसार ज्येष्ठ नागरिक, अपाङ्गता भएका र विद्यार्थीलाई भने १० रुपैयाँ कर लाग्नेछ भने विदेशी पर्यटकका लागि ५० रुपैयाँ लाग्नेछ ।रासस

नारायणगढ-मुग्लिन सडकमा धमाधम १५ पुल बन्दै Read Previous

नारायणगढ-मुग्लिन सडकमा धमाधम १५ पुल बन्दै

महिला लघुवित्तको सेयर मूल्य २२ दिनमै चौब्बर, प्रतिकित्ता कति पुग्यो भाउ ? Read Next

महिला लघुवित्तको सेयर मूल्य २२ दिनमै चौब्बर, प्रतिकित्ता कति पुग्यो भाउ ?