लक्ष्मी बैंकले ल्यायो ‘ओरेन्ज सेभिङ प्लस’ प्रिमियम बचत खाता, कति पाइन्छ ब्याज ?

काठमाडौं । लक्ष्मी बैंकको नयाँ वर्ष अफर अन्तर्गत ‘ओरेन्ज सेभिङ प्लस’ नामक प्रिमियम बचत खाता योजना ल्याएको छ । यस खाता योजनामा ग्राहकले वार्षिक ४.५ प्रतिशत ब्याजदर सहित थप आकर्षक सुविधाहरू प्राप्त गर्ने बैंकले जनाएको हो ।

 

‘ओरेन्ज सेभिङ प्लस’ खाता भएका ग्राहकले १ लाख रुपैयाँसम्मको वार्षिक स्वास्थ्य बीमा र १० लाख सम्मको दुर्घटना मृत्‍यु र अक्षमता बीमा सुविधा पाउनेछन् ।

 

यसका साथै डेबिट कार्ड, क्रेडिट कार्ड र डलर ट्राभल कार्ड पनि निःशुल्क जारी गरिनुका साथै लक्ष्मी बैंकको डेबिट कार्ड नेपाल भरी कुनै पनि एटीएम्ममा प्रयोग गर्दा लाग्ने शुल्क फिर्ता गरिन्छ।

 

अझ नयाँ वर्षको अफर अन्तर्गत वैशाख महिनाभरी यस प्रकारको खाता खोल्ने ग्राहकहरुले लक्ष्मी बैंकको प्रि–पेड डलर कार्ड (ओरेन्ज कार्ड) निःशुल्क प्राप्त गर्नेछन् । सो अफर‘ओरेन्ज सेभिङ प्लस’का वर्तमान ग्राहकहरुको हकमा पनि लागू हुनेछ।

 

यसै गरी विभिन्न संघसंस्थामा कार्यरत कर्मचारीहरुको लागि ल्याइएको विशेष खाता ‘शुभश्री लक्ष्मी बचत खाता’ मा पनि बैंकले पनि विभिन्न सुविधाका साथमा ४.५ प्रतिशतको उच्च ब्याज दर प्रदान गरिरहेको छ।

 

थप जानकारी प्राप्त गर्न वा खाता खोल्नका लागि लक्ष्मी बैंकको नजिकैको शाखा अथवा बैंकको वेबसाइटमा जान सकिने बैंकले जनाएको छ ।

तनहुँ जलविद्युत् प्रसारण लाइन निर्माण गर्न जग्गा अधिग्रहण गरिँदै, प्रतिरोपनी २४ लाखसम्म पाउने Read Previous

तनहुँ जलविद्युत् प्रसारण लाइन निर्माण गर्न जग्गा अधिग्रहण गरिँदै, प्रतिरोपनी २४ लाखसम्म पाउने

आम्दानी घटेपछि क्लब फुटबलको संरचनामा व्यापक परिवर्तन गर्दै युरोपेली क्लब, अब यसरी कमाउँदै  छन् अर्बौ Read Next

आम्दानी घटेपछि क्लब फुटबलको संरचनामा व्यापक परिवर्तन गर्दै युरोपेली क्लब, अब यसरी कमाउँदै छन् अर्बौ