१५०० रुपैयाँमै पोखरा जाने जहाजको टिकट, १७०० रुपैयाँमा जनकपुर

काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक यती एयरलाइन्सले सस्तो फ्लाइट अफर ल्याएको छ । एयरलाइन्सले मोबाइल एपबाट प्रोमो कोड प्रयोग गरी दुई ठाउँको टिकट सिस्तो मूल्यमा किन्न सकिने अफर ल्याएको हो ।

 

एयरलाइन्सका अनुसार प्रोमो कोड प्रयोगगरी काठमाडौं-पोखराको एकतर्फी टिकट १ हजार ५०० रुपैयाँमा किन्न सकिनेछ ।यस्तै, काठमाडौं- जनकपुर एकतर्फी टिकट १७०० रुपैयाँमा किन्न सकिनेछ ।

 

यो अफर २ दिन (वैशाख ६ र ७ गते) सम्म लागू हुने एयरलाइन्सले जनाएको छ । यद्यपि, काठमाडौं जनकपुर रुटमा भने १ दिन अर्थात् वैशाख ७ गते मात्र लागू हुनेछ ।

 

एयरलाइन्सले यसअघि पनि विभिन्न गन्तव्यमा यस्तो अफर ल्याएको थियो ।

७ महिनादेखि त्रिपाल मुनि थन्किएकोे रेल जेठदेखि सञ्चालन गर्ने तयारी Read Previous

७ महिनादेखि त्रिपाल मुनि थन्किएकोे रेल जेठदेखि सञ्चालन गर्ने तयारी

चन्द्रागिरी हिल्सको घाटा १८ करोड नाघ्यो, यस्ता छन् अन्य सूचक Read Next

चन्द्रागिरी हिल्सको घाटा १८ करोड नाघ्यो, यस्ता छन् अन्य सूचक