काठमााडौं । चन्द्रागिरी हिल्स लिमिटेडको घाटा गत वर्षको तुलनामा १५ करोड ९३ लाख रुपैयाँले बढेको छ ।
कम्पनीले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमास (चैत १८ गते) सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नोक्सानी १८ करोड ११ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको घाटा २ करोड १८ लाख रुपैयाँ मात्र थियो।

कोरोनाका कारण सञ्चालन आम्दानीसँगै अन्य आम्दानीहरु घटेपछि कम्पनीको घाटा उल्लेख्य रुपमा बढेको हो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २३ करोड ७९ लाख रुपैयाँ घटेको छ भने अन्य आम्दानी १ करोड २७ लाख रुपैयाँ घटेको छ। गत वर्ष १४ करोड २१ लाख रुपैयाँ संचालन मुनाफा गरेको कम्पनीले चालू आवमा यस्तो नाफा २ करोड ८१ लाख रुपैयाँ ऋणात्मक भएको छ।
हाल १ अर्ब ५३ करोड रूपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष ३२ करोड ८ लाख रुपैयाँ ऋणात्मक रहेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ११.८१ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ७९.९ रुपैयाँ रहेको छ।