काठमाडौं बाहिरबाट ५ नयाँ गन्तव्यमा उडान गर्दै बुद्ध एयर, कहाँको भाडादर कति ?

काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक बुद्ध एयरले पोखराबाट चारसहित ५ नयाँ गन्तव्यमा उडान गर्ने भएको छ ।

 

हाल देशका अधिकांश गन्तव्यमा काठमाडौंबाटै उडान भर्दै आएको बुद्धले अब काठमाडौं बाहिरका एक सहरबाट पनि अर्को सहरमा उडान गर्ने भएको हो ।

 

बुद्ध एयरले अब पोखराबाट देशका अन्य ४ सहरमा उडान गर्ने भएको छ । बुद्धले अबदेखि पोखरा–सिमरा, पोखरा–नेपालगञ्ज, पोखरा–भैरहवा र पोखरा–विराटनगर उडान गर्ने भएको हो । यस्तै, बुद्धले भरतपुर–भैरहवा पनि उडान गर्ने भएको छ ।

 

बुद्धका अनुसार पोखरा–नेपालगञ्ज रुटको भाडादर ४ हजार ५०० रुपैयाँ, पोखरा–सिमरा ४ हजार ३०० रुपैयाँ, पोखरा–विराटनगर ६ हजार, पोखरा–भैरहवा ३ हजार १०० रुपैयाँ र भैरहवा–भरतपुर २ हजार ५०० रुपैयाँ रहेको छ ।

 

बुद्धले यी पाँचै नयाँ गन्तव्यमा वैशाख १८ गते ( मे १ तारिख)देखि उडान शुरु हुने बुद्ध एयरले जनाएको छ । नयाँ गन्तव्यको उडान बिचक्राफ्टबाट हुने कम्पनीले जनाएको छ ।

 

बुद्धले हाल ९ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र २ वटा विचक्राफ्ट गरी १४ जहाजबाट दैनिक १२० बढी उडान गर्दै आएको छ ।

नेप्सेमा उच्च अंकको करेक्शन, यी ३ कम्पनीका लगानीकर्ता भने मालामाल Read Previous

नेप्सेमा उच्च अंकको करेक्शन, यी ३ कम्पनीका लगानीकर्ता भने मालामाल

७ महिनादेखि त्रिपाल मुनि थन्किएकोे रेल जेठदेखि सञ्चालन गर्ने तयारी Read Next

७ महिनादेखि त्रिपाल मुनि थन्किएकोे रेल जेठदेखि सञ्चालन गर्ने तयारी