निगमले फेरि बढायो पेट्रोलियम पदार्थको भाउ, प्रतिलिटर कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले शनिबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल, मट्टीतेलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढाएको हो ।

 

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १२१ रुपैयाँ पुगेको छ भने डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १०४ रुपैयाँ पुगेको छ ।

 

आन्तरिक उडानतर्फको हवाइ इन्धनको साविकको विक्री मूल्यमा २ वृद्धि हुँदा प्रतिलिटर ७६ रुपैयाँ पुगेको छ । खाना पकाउने ग्यास र अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने हवाई इन्धनको भने मूल्यवृद्धि गरिएको छैन ।

 

निगमका अनुसार मूल्य वृद्धिपछि पनि निगमलाई पेट्रोलमा ६.७२ रुपैयाँ, डिजलमा ४४ पैसा तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ४१७.४७रुपैया घाटा रहेको छ । त्यस आधारमा १५ दिनमा ७० करोड ६६ लाख घाटा हुनेछ ।

 

निमगका अनुसार नेपाल भारत सीमाको रक्सोलको तुलनामा वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर २९.२३ रुपैयाँ र डिजल प्रतिलिटर ३५.४१ रुपैयाँ नेपालतर्फ सस्तो छ ।

पेरिस सम्झौता कार्यान्वयनमा अग्रसरता लिँदै विश्व चर्चित गाडी कम्पनी Read Previous

पेरिस सम्झौता कार्यान्वयनमा अग्रसरता लिँदै विश्व चर्चित गाडी कम्पनी

कामना सेवा विकास बैंकको नाफामा छलाङ, खुद नाफा १७२ प्रतिशतले वृद्धि Read Next

कामना सेवा विकास बैंकको नाफामा छलाङ, खुद नाफा १७२ प्रतिशतले वृद्धि