अघि बढ्दै भीमफेदी-कुलेखानी सुरुङमार्ग, ६ परामर्शदाता कम्पनी छनोट

काठमाडौं । वाग्मती प्रदेशको राजधानी हेटौंडालाई संघीय राजधानी काठमाडौं जोड्ने भीमफेदी-कुलेखानी (पोस्टबहादुर बोगटी) सुरुङमार्ग निर्माण प्रक्रिया अघि बढेको छ ।

 

वाग्मती प्रदेश सरकारको रणनीतिक महत्वको आयोजना अन्तर्गत रहेको उक्त सुरुङमार्ग निर्माणका लागि अन्तर्राष्ट्रिय स्तरका ६ वटा परामर्शदाता कम्पनीको छनोट गरेको हो ।

 

सुरुङमार्गको लम्बाइ ३.२१ किलोमिटर लामो सुरुङ निर्माण गर्न लागिएको हो । सुरुङमार्ग दुईलेनको हुनेछ । सुरुङको चौडाइ १५ मिटर हुनेछ । दुवै लेन साढे सात मिटर फराकिलो हुने बताइएको छ । सुरुङको दुवैतिर गरी साढे दुई किलोमिटर लामो सहायकसडक र तीनवटा पुल निर्माण हुनेछ ।

 

भीमफेदी-कुलेखानी सुरुङमार्ग निर्माण आयोजनाले परार्शदाता छनोटका लागि गत भदौमा आशयपत्र माग गरेको थियो । जसमा नेपालीसहित १२ अन्तर्राष्ट्रिय स्तरका कम्पनीले आवेदन दिएका थिए । आशयपत्र पेश गर्ने १२ वटा कम्पनीमध्ये ६ वटा कम्पनीलाई परामर्शदाताको रुपमा छनोट गरिएको आयोजना प्रमुख नवीनकुमार सिंहले जानकारी दिए ।

 

नेपालको एकसहित सिंगापुर, कोरिया, टर्की, र अस्ट्रेलियाका कम्पनी छनोटमा परेको जनाइएको छ । छनोट भएका कम्पनीहरुमा एम/एस डोल्सार इन्जीनेरिङ, दोहा इन्जिनेरिङ इन्टरकन्टिनेन्टल कन्सलटेन्ट एण्ड टेक्नोलोजी जेभी, एम/एस इप्टास सभिसेस डे इन्जिनेरिया, यूक्सेल प्रोजे ए.एस जेभी रहेको छ ।

 

यस्तै, एम/एस इसान कर्पोरेसन, कोरिढा जेभी, एम/एस मेइन्हर्ट (सिङगापुर) दासन कन्सलटेन्ट जेभी, एम/एस एसएमईसी इन्टरनेशनल पीटीवाई लिमिटेड, कोरिया इन्जिनियर कन्सलटेन्ट जेभी, एम/एस योसिन इन्जिनीयरिङ करपोरेसन, टेक कन्ट्रो एस.ए, जेभी छनतोटमा परेका छन् ।

 

छनोटमा परेका कम्पनीहरुबाट जेठ २ गतेसम्म प्राविधिक र आर्थिक प्रस्ताव माग गरिएको आयोजना प्रमुख सिंहले जानकारी दिए ।उनका अनुसार अहिले सुरुङमार्गको वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) को काम भइरहेको छ । वैशाख अन्तिमसम्म ईआइए र डीपीआर पुनरावलोकन रिपोर्ट आइसक्ने र भदौसम्ममा सुरुङमार्ग निर्माणका लागि टेन्डर आह्वान गर्ने आयोजनाले जनाएको छ ।

 

भीमफेदी गाउँपालिका–६ बगर र इन्द्रसरोवर गाउँपालिका–२ कुलेखानी जोड्ने गरी ३.२१ किलोमिटर लामो सुरुङ निर्माण गर्न लागिएको हो । सुरुङमार्ग दुईलेनको हुनेछ । सुरुङको चौडाइ १५ मिटर हुनेछ । दुवै लेन साढे सात मिटर फराकिलो हुने बताइएको छ । सुरुङको दुवैतिर गरी साढे दुई किलोमिटर लामो सहायकसडक र तीनवटा पुल निर्माण हुनेछ ।

 

आयोजनाको कुल लागत १९ अर्ब ३२ करोड ५ लाख ७६ हजार रुपैयाँ रहने अनुमान गरिएको छ । बहुवर्षीय योजनालाई आव २०७७/७८ मा २ अर्ब, २०७८/७९ मा ६ अर्ब, २०७९/८० मा ६ अर्ब र २०८०/८१ मा ४ अर्ब रहने गरी बजेट विनियोजन गरिने जनाइएको छ । चालू आवमा आयोजनाका लागि १ अर्ब बजेट विनियोजन गरिएको छ ।

 

सम्झौता भएको ४२ महिनामा काम सक्ने लक्ष्य राखिएको उक्त सुरुङमार्गले भीमफेदी–कुलेखानी सडकको दूरी १७ किमीले छोटिने छ । प्रदेश राजधानी हेटौँडाबाट संघीय राजधानी प्रवेश गर्ने वैकल्पिक मार्ग ६५ किलोमिटरमा सीमित हुनेछ ।

खुलेआम विषादीयुक्त तरकारी आयात, परीक्षणका लागि छुट्याइएको बजेट भने फ्रिज Read Previous

खुलेआम विषादीयुक्त तरकारी आयात, परीक्षणका लागि छुट्याइएको बजेट भने फ्रिज

पेरिस सम्झौता कार्यान्वयनमा अग्रसरता लिँदै विश्व चर्चित गाडी कम्पनी Read Next

पेरिस सम्झौता कार्यान्वयनमा अग्रसरता लिँदै विश्व चर्चित गाडी कम्पनी