काठमाडौं । मुक्तिनाथ विकास बैंकले विराटनगरका दुई अस्पतालसँग सम्झौता गरेको छ । बैंकले संजिवनी हस्पिटल तथा आईभिएफ सेन्टर र विराट आँखा हस्पिटलसँग बैंकका ग्राहकहरुलाई हस्पिटलको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।
सम्झौता पत्रमा संजिवनी हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक विनायक पन्त र मुक्तिनाथ विकास बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत समीर शेखर बज्राचार्यले हस्ताक्षर गरेका छन्।
यस्तै विराट आँखा हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक राजकुमार मण्डल र मुक्तिनाथ विकास बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत समीर शेखर बज्राचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डवाहक ग्राहकहरूले संजिवनी हस्पिटल र विराट आँखा हस्पिटल, विराटनगरमा उपचार गराउँदा तोकिएका विभिन्न सेवाहरुमा १५ प्रतिशत सम्म छुट पाउने व्यवस्था गरिएको छ ।