पूर्व-पश्चिम रेलमार्ग : बर्दिया–निजगढ खण्ड २ वर्ष भित्रमा निर्माण सम्पन्न हुने

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महाशेठले अबको २ वर्ष भित्रमा पूर्व–पश्चिम रेलमार्ग अन्तर्गतको बर्दिया-निजगढ खण्ड  निर्माणको काम सम्पन्न गर्ने बताएका छन् ।

 

उनले विद्युतीय रेलमार्गको काम तीव्र गतिमा भइरहेको भन्दै २ वर्षभित्र निजगढसम्मको रेलमार्ग निर्माण काम सम्पन्न हुने बताएका हुन् ।

 

आज राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले निजगढसम्म रेलमार्ग निर्माणको काम सम्पन्न भएपछि काँकडभिट्टा र लुम्बिनीबाट पनि रेलमार्ग बनाउने काम सुरु गरिने बताएका हुन् । उनले सो रेलमार्गहरु निर्माणका लागि चाडै डीपीआरको तयारी गरिने बताए ।

 

‘२ वर्षभित्र हामी बर्दियादेखि निजगढसम्म रेलमार्गको काम सकेर काँकडभिट्टा र लुम्बिनीबाट पनि रेलमार्गको काम सुरु गर्ने छौं,’ मन्त्री महाशेठले भने ।

 

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो विद्युतीय रेल मार्गको ९३.६ किलोमिटर निर्माण सम्पन्न भइसकेको आर्थिक वर्ष २०७५/७६ को आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

 

बर्दिवास–निजगढ रेलमार्गको ७० किलोमिटर मध्ये बर्दिबास–लालबन्दी खण्डको ३० किलोमिटर क्षेत्रको ट्रयाक बेडमध्ये २५.६ मार्ग निर्माण भएको छ ।

 

जोगवनी–विराटनगर १६ किलोमिटर रेलमार्ग निर्माण सम्पन्न भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । यस्तै जयनगर–कुर्था ३५ र कुर्था–बिजुलपुरा १७ किमीको ट्रयाक बेडको निर्माण सम्पन्न भएको छ ।

एनआईसी एशिया र उपाय सर्भिसेसबीच सम्झौता Read Previous

एनआईसी एशिया र उपाय सर्भिसेसबीच सम्झौता

मुक्तिनाथ विकास बैंकका ग्राहकले विराटनगरका दुई अस्पतालमा १५% छुट पाउने Read Next

मुक्तिनाथ विकास बैंकका ग्राहकले विराटनगरका दुई अस्पतालमा १५% छुट पाउने