४ वटा हाइड्रोपावर निर्माण गरिरहेको कम्पनीलाई आइपीओ जारी गर्न अनुमति, कति कित्ता आउँछ ?

काठमाडौं । सीईबीडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्न अनुमति पाएको छ ।

 

कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ दरले २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो ।

 

कम्पनीले बोर्डमा आइपीओ जारी गर्न अनुमति माग्दै आवेदन दिएको ४ वर्षपछि अनुमति पाएको हो । कम्पनीले २०७४ असार २७ गते बोर्डमा आवेदन दिएको थियो ।

 

कम्पनीले यसअघि नै आइपीओ निष्काशनका लागि सनराइज क्यापीटललाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

 

कम्पनीले हाल चार वटा हाइड्रोपावर आयोजना निर्मण गरिरहेको छ । कम्पनीले ११ मेगावाटको तल्लो खारे खोला, १२ मेगावाटको दोर्दी पहिलो, ५ मेगावाटको रुकुम गाड र ४५ मेगावाटको कसुवा हाइड्रोपावर निर्माण गरिरहेको छ ।

नयाँ वर्षमा जुर्मुरायो आन्तरिक पर्यटन, विदेशीको न्यास्रो मेट्दै स्वदेशी पर्यटक Read Previous

नयाँ वर्षमा जुर्मुरायो आन्तरिक पर्यटन, विदेशीको न्यास्रो मेट्दै स्वदेशी पर्यटक

नयाँ वर्षको पहिलो दिनमै नेप्सेले बनायो दोहोरो कीर्तिमान, यी ८ कम्पनीका लगानीकर्ता मालामाल Read Next

नयाँ वर्षको पहिलो दिनमै नेप्सेले बनायो दोहोरो कीर्तिमान, यी ८ कम्पनीका लगानीकर्ता मालामाल