नयाँ वर्षको पहिलो दिनमै नेप्सेले बनायो दोहोरो कीर्तिमान, यी ८ कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौं । पछिल्लो समय दिनदिनै नयाँ रेकर्ड बनाउँदै आएको सेयर बजारले फेरि नयाँ रेकर्ड बनाएको छ । मंगलबार इतिहासकै उच्च विन्दुको रेकर्ड बनाएको नेप्सेले त्यो रेकर्ड तोड्दै नयाँ वर्ष २०७८ को पहिलो  कारोबार  दिनमा फेरि नयाँ कीर्तिमान बनाएको हो ।

 

नेप्सले २७३५ विन्दुको उचाइ चुम्दै नयाँ रेकर्ड बनाएको हो । नेप्सेले २७३० विन्दु नाघेको इतिहासमै पहिलोपटक हो । यसअघि मंगलबार नेप्से इतिहासकै सर्वाधिक २७१४ विन्दुको रेकर्ड बनाएको थियो ।

 

यस्तै, नेप्सेले सूचकमा नयाँ रेकर्ड बनाएको दिन सर्वाधिक बजार पूँजीकरणको पनि रेकर्ड बनाएको छ । नेप्सेमा सूचीकृत कम्पनीहरुको बजार पूँजीकरण पौने ३८ खर्ब पुगेको छ । यो हालसम्मकै सर्वाधिक हो भने देशको कुल जीडीपीभन्दा पनि बढी हो ।

 

आज सेयर बजार मापक सूचक नेप्से २०.६७ अंकले बढेर २७३५.४६ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१८ कम्पनीको ८ अर्ब ६३ करोड ६६ लाख ६८ हजार ६५९ रुपैयाँ बराबरको १ करोड ९० लाख २० हजार १४६ कित्ता सेयर किनबेच भएका छन् ।

 

बिहीबार कारोबारमा आएका १३ वटा समूहमध्ये हाइड्रोपावर र व्यापार बाहेक अरु सबै समूहको परिसूचकमा हरियाली छाएको छ । विकास बैंक बीमा समूहको परिसूचक सबैभन्दा धेरै ९०.१८ अंकले बढेको छ भने व्यापार समूह सबैभन्दा धेरै ९९.६५ अंकले घटेको छ ।

 

आज कारोबारमा आएका २१८ कम्पनीमध्ये ११५ कम्पनीको सेयर मूल्य बढेको छ भने ८२ कम्पनीको मूल्यमा गिरावट आएको छ । २१ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज एनआइसी एशिया लघुवित्तको सर्वाधिक कारोबार भएको छ । यसको ४९ करोड ८९ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै नेपाल इन्फ्रास्ट्रक्चर बैंक ४९ करोड र एनआइसी एशिया बैंक ३२ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

 

दोहोरो अंकले बढेको बजारमा आज ८ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बेस्ट फाइनान्स, एनआइसी एशिया लघुवित्त, ज्योति लाइफ इन्स्योरेन्स, महिला लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, छ्याङ्दी हाइड्रोपावर, कर्णाली डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

 

बढ्दो बजारमा आज मल्टि प्रपोज फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ३.६७ प्रतिशत गुमाएका छन् ।

४ वटा हाइड्रोपावर निर्माण गरिरहेको कम्पनीलाई आइपीओ जारी गर्न अनुमति, कति कित्ता आउँछ ? Read Previous

४ वटा हाइड्रोपावर निर्माण गरिरहेको कम्पनीलाई आइपीओ जारी गर्न अनुमति, कति कित्ता आउँछ ?

२ अर्ब लगानीमा खाद्य बैंक संचालनमा, आइपीओ पनि आउने Read Next

२ अर्ब लगानीमा खाद्य बैंक संचालनमा, आइपीओ पनि आउने