मेरियट होटलको छतमा मेडीटेरियन रेस्टुरेन्ट ताहिना टेरेस खुल्दै

काठमाडौं । काठमाडौंको नक्सालस्थित पाँच तारे होटल मेरियट होटलमा नयाँ मेडीटेरियन रेष्टुरेन्ट ताहिना टेरेस संचालनमा आउने भएको छ ।

 

उक्त रेष्टुरेन्ट चैत ३१ (अप्रिल १३ ) देखि औपचारिक रुपमा संचालनमा आउने भएको हो । उक्त रेष्टुरेन्ट हरेकदिन साँझ ४ बजेदेखि राति १० बजेसम्म खुल्ने जनाइएको छ ।

 

रेष्टुरेन्टमा ताहिना टेरेसले आरामदायक भाइब्स, फल्टलेस सर्विस, स्वादिलो खाना र पेय पदार्थहरु उपलब्ध हुनेछन् । साथै क्याजुअल लाउन्ज एम्बियन्स, ट्रेन्डी शिश, फियूजन सिग्नेचर ककटेलको साथ ताजा बेक्ड मानकिश र अथेन्टिक अरबीक ग्रीलहरु मुख्य आकर्षण रहने जनाइएको छ ।

 

उक्त रेष्टुरेन्टबाट काठमाडौं उपत्यका वरिपरीका हिमालसहितका दृश्य हेर्दै मनोरञ्जन लिन सकिनेछ ।

साउन १ गतेदेखि ब्रोकरहरुले आफ्नै टीएमएस प्रयोगमा ल्याउने Read Previous

साउन १ गतेदेखि ब्रोकरहरुले आफ्नै टीएमएस प्रयोगमा ल्याउने

कोरियामा नेपाली मजदूरको भिसा अवधि १ वर्ष थप Read Next

कोरियामा नेपाली मजदूरको भिसा अवधि १ वर्ष थप