साउन १ गतेदेखि ब्रोकरहरुले आफ्नै टीएमएस प्रयोगमा ल्याउने

काठमाडौं । ब्रोकरहरुले आगामी साउन १ गतेदेखि आफ्नै अनलाइन प्रणाली (टीएमएस) प्रणाली प्रयोगमा ल्याउने भएका छन् ।

 

पछिल्लो समय सेयर कारोबार गर्नेको संख्या ह्वात्तै बढ्दै गइरहेको अवस्थामा हाल प्रयोगमा रहेको नेप्सेको टीएमएसमा विभिन्न समस्या आउँदा लगानीकर्ताले हैरानी व्यहोर्नुपरेको भन्दै ब्रोकरहरुले आफ्नै टीएमएस प्रयोगमा ल्याउन लागेका हुन् ।

 

स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अनुसार ब्रोकरहरुको संयुक्त लगानीमा विश्वका १० भन्दा बढीमा प्रयोगमा आएको टीएमएस प्रणाली नेपालमा पनि ल्याउन सम्झौता भई निर्माणको चरणमा रहेको छ ।

 

अहिले उक्त टीएमएस प्रणालीको कस्माइजेशन गर्ने काम तीव्र गतिमा अगाडि बढेको छ । सम्बन्धित पक्षहरुको उचित सहयोग प्राप्त भएमा आगामी साउन १ गतेदेखि लगानीकर्ताले नयाँ टीएमएस प्रयोग गर्न पाउने एशोसिएशनले जनाएको छ ।

 

मल्टि एसेस्ट, मल्टि एक्स्चेन्ज ट्रेडिङ प्लेटफर्म रहेको उक्त टीएमएस प्रणालीमा सेयर, डिबेन्चर, बण्ड, डेरिभेटिभ्स, करेन्सी लगायत विभिन्न उपकरणहरुको कारोबार एक वा एक भन्दा बढी स्टक वा डेरिभेटिभ्स एक्सचेन्जमा एकैसाथ गर्न सकिने छ ।

 

साथै, मोबाइल एप्लिकेशनसहितको यो प्रणालीले लगानीकर्ताहरुलाई कारोबार गर्न सहजता प्रदान गर्नेछ । अर्थतन्त्र, बजार तथा सूचीकृत कम्पनिको आधारभूत तथा प्राविधिक विश्लेशण गर्न सकिने गरी यस प्रणालिमा तथ्याङ्कहरु राखिने छन् ।

 

लगानीकर्ताहरुले आफ्नो कारोबारको सम्पूर्ण हरहिसाब तथा आफ्नो पोर्टफोलियो तथा नाफा घाटाको अवस्था पनि यसै प्रणाली मार्फत हेर्न पाउने व्यवस्था रहने छ । स्टप लस, टेक प्रफिट, आफ्टर मार्के अर्डर, हाइ फ्रिक्वीन्सी टे«डिङ जस्ता जस्ता आदेश व्यवस्थापन विशेषताले गर्दा कारोबार गर्न निकैनै सहज हुनेछ ।

६ दिनपछि संचालनमा आयो मनकामना केबलकार, स्तरोन्नति गर्न २ वर्ष लाग्ने Read Previous

६ दिनपछि संचालनमा आयो मनकामना केबलकार, स्तरोन्नति गर्न २ वर्ष लाग्ने

मेरियट होटलको छतमा मेडीटेरियन रेस्टुरेन्ट ताहिना टेरेस खुल्दै Read Next

मेरियट होटलको छतमा मेडीटेरियन रेस्टुरेन्ट ताहिना टेरेस खुल्दै