डिशहोमको खुसीको उडान, २ जनाले पाए बैंकक घुम्ने मौका

काठमाडौं । डिशहोमले ‘खुसीको उडान’ योजना शुरु गरेको छ । योजनाको लक्ष्य हरेक सक्रिय ग्राहकलाई हरेक बिहीबार खास उत्साह र खुसी प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ ।

 

यस योजनाअन्तर्गत हरेक हप्ताको बिहीबार हुने लक्की ड्रबाट दुई भाग्यशाली जोडीले बैंककको भ्रमण गर्न सक्नेछन् । लक्की ड्रमा सहभागी हुने ग्राहकले आफ्नो सदस्यतालाई डिशहोमका डिलरमार्फत फन्ड ट्रान्सफरबाट टप अप गरेका हुन्छन् ।

 

साथै, ई–वालेट एप्स र रिचार्ज कार्डबाट रिचार्ज गरेर पनि योजनामा सहभागी हुन सक्ने डिशहोमले जनाएको छ । वार्षिक रिचार्जमा विशेष छुट पनि प्राप्त गर्न सक्ने जनाइएको छ ।

 

डिशहोमको पहिलो लक्की ‘ड्र’को क्यास आईडी नम्बर ०२५५८१३३९६० र क्यास आईडी ०२५१९२५०८८५ रहेको कम्पनीले जनाएको छ ।

 

डिशहोमका रियालिटी टीभी, रमाइलो टीभी, सरोकार टीभी र डिशहोम सोकेस च्यानलबाट प्रत्यक्ष लक्की ‘ड्र’ हुने कम्पनीले जनाएको छ । दोस्रो लक्की ‘ड्र’ आगामी वैशाख २ गते हुनेछ ।

गहुँको न्यूनतम समर्थन मूल्य तोकियो, प्रतिक्वीन्टल कति ? Read Previous

गहुँको न्यूनतम समर्थन मूल्य तोकियो, प्रतिक्वीन्टल कति ?

उपत्यकामा मात्रै बिदा हुँदा अरुलाई सेयर कारोबारमा बञ्चित गर्नु कति न्यायोचित ? Read Next

उपत्यकामा मात्रै बिदा हुँदा अरुलाई सेयर कारोबारमा बञ्चित गर्नु कति न्यायोचित ?