उद्यमी चन्द्र ढकाल कीर्तिमय राष्ट्रदीप विभूषणबाट सम्मानित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल कीर्तिमय राष्ट्रदीप (चतुर्थ) विभूषणबाट सम्मानित भएका छन् ।

 

शुक्रबार राष्ट्रपति कार्यालय, शीतल निवास, महाराजगञ्जमा आयोजित विभूषण सुशोभन विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले ढकाललाई उक्त विभूषणबाट सम्मानित गरेकी हुन् ।

 

नेपाल सरकार, गृह मन्त्रालयले गत वर्षको असोज ३ गते संविधान दिवस (राष्ट्रिय दिवस) का अवसरमा ढकाललाई उक्त विभूषणबाट सम्मानित गर्ने घोषणा गरेको थियो ।

 

नेपालका लागि इन्डोनेसियाका अवैतनिक दूतसमेत रहेका प्रतिष्ठित उद्यमी ढकालको विप्रेषण, बैंक तथा वित्त, पर्यटन, ऊर्जा, सूचना प्रविधि, हस्पिटालिटी उद्योग तथा विमालगायत दर्जनौं क्षेत्रमा लगानी रहेको छ ।

बञ्चरेडाँडा ल्याण्डफिल निर्माण पूरा नभए पनि जेठदेखि फोहर फ्याँक्ने तयारी Read Previous

बञ्चरेडाँडा ल्याण्डफिल निर्माण पूरा नभए पनि जेठदेखि फोहर फ्याँक्ने तयारी

महासंघको १० वर्षे भिजन : अर्थतन्त्रको आकार ३ गुणा बढाउने, निजी क्षेत्रले १०८ अर्ब डलर लगानी गर्ने Read Next

महासंघको १० वर्षे भिजन : अर्थतन्त्रको आकार ३ गुणा बढाउने, निजी क्षेत्रले १०८ अर्ब डलर लगानी गर्ने