काठमाडौं । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेड (बीएफआइएन)ले पनि प्राथमिक साधरण सेयर आइपीओ जारी गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ५५ लाख रुपैयाँ बराबरको ५५ हजार कित्ता आइपीओ जारी गर्ने भएको हो ।आइपीओ निष्काशन गर्न बीएफआइएलले एनआइसी एशिया क्यापिट लिमिटेडलाई सेयर निष्कासन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सम्झौतापत्रमा बीएफआइएनका तर्फबाट प्रबन्ध निर्देशक डा विनोद आत्रेय र एनआइसी एशिया क्यापिट लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले हस्ताक्षर गरे ।