१५०० रुपैयाँमै जहाज चढेर पोखरा जान पाइने, अन्य ठाउँको यस्तो छ टिकटको मूल्य

काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक यती एयरलाइन्सले सस्तो फ्लाइट अफर ल्याएको छ । एयरलाइन्सले मोबाइल एपबाट प्रोमो कोड प्रयोग गरी विभिन्न ५ ठाउँको टिकट सिस्तो मूल्यमा किन्न सकिने अफर ल्याएको हो ।

 

एयरलाइन्सका अनुसार प्रोमो कोड प्रयोगगरी काठमाडौं-पोखराको एकतर्फी टिकट १ हजार ५०० रुपैयाँमा किन्न सकिनेछ ।

 

यस्तै, काठमाडौं-विराटनगर २ हजार रुपैयाँ, काठमाडौं-भैरहवा १ हजार ७०० रुपैयाँ, काठमाडौं-भद्रपुर २ हजार ४०० र काठमाडौं-नेपालगञ्ज ३ हजार रुपैयाँमै टिकट किन्न सकिनेछ ।

 

यो अफर ३ दिन (चैत २६-२८ गते) सम्म लागू हुने एयरलाइन्सले जनाएको छ ।

अब ३ वर्ष नपुगी एकल बीमा पोलिसी धितो राखेर ऋण लिन नपाइने Read Previous

अब ३ वर्ष नपुगी एकल बीमा पोलिसी धितो राखेर ऋण लिन नपाइने

बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युटले आइपीओ जारी गर्ने Read Next

बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युटले आइपीओ जारी गर्ने